म्यानमारका नेतृत्वकर्मी कमान्डर मिन अङ ह्लेङ को हुन् ?

दक्षिण एसियाली मुलुक म्यानमारमा जारी संकटमा सबैभन्दा ठूलो भूमिका खेल्ने सेनाका ‘कमान्डर इन चिफ’ जनरल मिन अङ ह्लेङ यतिबेला चुपचाप छन् । को हुन् कमान्डर मिन अङ ह्लेङ ? कसरी तय भयो उनको यहाँसम्मको यात्रा ?

शक्तिशाली सेना पक्ष, ‘तात्मद’ का प्रमुख, मिन अङ ह्लेङको फेब्रुअरी १ का दिनदेखि जारी ‘कू’ मा उल्लेखनीय राजनीतिक प्रभाव रहेको छ । उनले देश लोकतन्त्रतर्फ स्थानान्तरण हुँदा पनि सफलतापूर्वक सेनाको नियन्त्रण कायम गर्दै आएका थिए । 


तीन वर्षअघि रोहिंग्या अल्पसंख्यकहरुको नरसंहारमा ह्लेङको भूमिकाले उनलाई विश्वव्यापी रुपमा आलोचित गरायो । र अहिले उनकै नेतृत्वमा म्यानमार पुनः सैन्य शासनमा फर्किँदा यसले उनको छवि झन् गिराए पनि सेनाको शक्ति भने अझ ठूलो स्तरमा विस्तार भइरहेको प्रमाणित गरेको बताइन्छ । 


६४ वर्षीय ह्लेङले आफ्नो सम्पूर्ण करिअर म्यानमारको प्रभावशाली सेनामै बिताए जसमा उनी एक छात्रका रुपमा सहभागी भएका थिए । यानगोन विश्वविद्यालयमा कानुनका विद्यार्थी रहेका ह्लेङले १९७४ मा तेस्रो प्रयासपछि मात्र सेनाको प्रतिरक्षा विभागमा प्रवेश गर्न पाएका थिए । 


सैन्य शासन अन्त्य गरि लोकतन्त्रको पुनःस्थापना अनि सुकीको रिहा माग गर्दै एक महिनादेखि आन्दोलनरत् म्यानमारका जनताविरुद्ध पछिल्ला केही दिन सेनाले आक्रामक शैली अपनाइरहेको देखिएको छ । सामाजिक सञ्जालका पोस्ट अनि प्रत्यक्षदर्शीलगायत स्थानीय मिडियाले सेनाको क्रुरताका भिडियो र तस्बिरहरु सार्वजनिक गरिरहेका छन् ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।