संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

३ दिनसम्म खोप अभियानको पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, दाहाल-नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, सांसद पूर्णाकुमारी सुवेदीलगायतले सुरुमै खोप लगाएका थिए ।त्यस क्रममा दाहालले उपयुक्त देखिएका सबैलाई खोप लगाउन अपिल गरेका थिए ।


यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामति अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन्। उनले फेसबुकमा पोस्ट गर्दै सो जानकारी दिएका छन्।


खोप कार्यक्रममा एउटा रमाइलो दृश्य पनि देखियो, प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि मन्त्रीबाट राजीनामा गरेका योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री इश्वर पोख्रेलको भेटभएपछि केही कुराकानी हुन्छ कि ? प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा पार्टीको दुई खेमामा बाँडिएका दुई नेताको भेटमा कुनै अनौपचारिक भलाकुसारी होला कि भन्ने जिज्ञासाका साथ सञ्चारकर्मीहरूले उनीहरुतिर क्यामेरा सोझ्याइरहेका थिए । तर झन्डै २० मिनेट वल्लो–पल्लो कुर्सीमा बसेका दुई नेताबीच कुनै संवाद भएन । 


सरकारले संघीय संसदका सांसदहरुलाई आज(फागुन १९ गते)देखि कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको थियो। जसअनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक, सुरक्षाकर्मी गरेर १ हजार ५ सय जनाको सूची तयार पारिएको थियो।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।