बंगलादेशसँग जीटुजीमा खरिद गरेको युरिया मलको पहिलो लट कलकात्ता आइपुगेको र साता दिनभित्रै उक्त मल नेपाल आइपुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।
कलकत्ताबाट रेल मार्गमार्फत नेपालको तीन वटा नाकामा मल आइपुग्ने छ । भैरहवा, विराटनगर र वीरगन्जस्थित गोदाममा उक्त मल आइपुग्ने कम्पनीले जनाएको छ ।
बंगलादेशसँग सरकारले ५० हजार मेटि्रकटन यूरिया मल खरिद गर्ने प्रक्रिया गत भदौमा सुरु गरेको थियो । दुई देशका प्रधानमन्त्रीबीच भदौ १६ मा भएको कुराकानीपछि मल खरिदको औपचारिक प्रक्रिया सुरु भएको थियो ।