सवारी दुर्घटनापछि स्थानीय आन्दोलित, वीरेन्द्रनगर तनावग्रस्त

२५ पुस, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर शनिबार बिहानैदेखि तनावग्रस्त बनेको छ । शुक्रबार दिउँसो भेरीगंगा नगरपालिका-१२ छिन्चुमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको घटनालाई लिएर स्थानीयबासीले आन्दोलन गरिरहेका छन् । सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै अरेको भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशः नीति तथा कार्यक्रम भोलि आउने

सुर्खेत। कर्णाली प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ। प्रदेशको बैठक सुरु भएपछि प्रतिपक्षी दल एमालेले निरन्तर तीन दिन बैठक अवरोध गरेका कारण कार्यक्रम ल्याउने समय धकेलिएको हो। प्रदेशसभाको आजको बैठकमा भने आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बिहीबार पेस गरेको विनियोजन विधेयकको सिद्धान्त,उदेश्य र प्राथमिकतामाथि छलफल जारी रहनेछ।

Dekhapadhi

कर्णाली प्रदेश प्रमुख सचिव श्रेष्ठको अनिवार्य अवकाश

सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ निजामती सेवाबाट अनिवार्य अवकाश भएका छन् । जेठ १४ गतेसम्म ३४ वर्ष ६ महिना २४ दिन सेवा गरेको श्रेष्ठ ९ महिनायता कर्णाली प्रदेशमा प्रमुख सचिवको रूपमा कार्यरत थिए ।

Prashasan

सुर्खेतमै अक्सिजन प्लान्टदेखि, बिरामीलाई हेलिकोप्टरबाट उद्वारसम्म

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशभर आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न अस्क्सिजन प्लान्ट सुर्खेतमै स्थापना गर्ने  भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका नयाँ भेरियन्टसहितका बिरामीलाई अक्सिजन अनिवार्य भएकोले सुर्खेतमै उत्पादन गर्ने भएको हो।त्यस्तै, कर्णाली प्रदेश सरकारले दुर्गमका संक्रमितलाई हेलिकोप्टरबाट उद्धार गर्ने निर्णयसमेत गरेको छ।   प्रदेश सरकारका प्रवक्तासमेत रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेशका दुर्गम जि

थाहा खबर

जटिल अवस्थाका बिरामी मात्र रिफर गर्न कर्णाली प्रदेश अस्पतालको आग्रह

१ जेठ, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले जटिल अवस्थाका बिरामीलाई मात्र रिफर गर्न आग्रह गरेको छ । अक्सिजन अभाव देखाउँदै थप बिरामी भर्ना नलिने बताएको अस्पतालले शनिबार अर्को विज्ञप्ति जारी गर्दै जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो । कोरोना संकट व्यवस्थापन समितिको बैठकले सामान्य संक्रमितलाई स्थानीय तहमै उपचार गर्ने […]

अनलाइनखबर

कर्णालीमा ८७ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णालीमा प्रदेशमा १०६ जनाको आरटी पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको छ । बिहिबार कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ९० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट १६ जनाको स्वाब आरटी पिसिआर विधिबाट परीक्षण गरिएकोमा ८७ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।नयाँ संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका ७६, कालिकोटका ३, जुम्लाका २, जाजरकोटका १, दैलेखका २ र अन्य जिल्लाका ३ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले

Ratopati

सवारी दुर्घटनामा घाइतेलाई प्रदेश-२ प्रमुखले अस्पताल पु-याए

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत जिल्ला अन्तर्गत छिन्चु भन्ने ठाउँमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले अस्पताल पु-याएका छन् । छिन्चु सडकखण्डमा आज अपरान्ह मिनिट्रक र बा ५ ख ४२०४ नम्बरको सवारीसाधन एकआपसमा ठोक्किँदा मिनिट्रक पल्टिएको थियो । मिनिट्रकका चालक शेरबहादुर सिंह घाइते भएको प्रहरी जवान […] The post सवारी दुर्घटनामा घाइतेलाई प्रदेश-२ प्रमुखले अस्पताल पु-याए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

शाही नेतृत्वको कर्णाली सरकार पूर्ण सुरक्षित !

२२ पुस, सुर्खेत । कर्णालीमा प्रचण्ड–माधव समूहका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकार पूर्ण सुरक्षित बनेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुईजना मन्त्री र एक सांसद प्रचण्ड–माधव समूहमा गएपछि प्रदेश सरकार पूर्ण सुरक्षित बनेको हो । नेकपा विभाजित भएपछि […]

अनलाइनखबर

प्रदेशमा स्थिरताका लागि ओली समूह छाडें : मन्त्री बुढा

२१ पुस, सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले स्थिरताका लागि ओली समूह छाडेको बताएका छन् । आइतबार ओली समूह छाडेका मन्त्री बुढाले मंगलबार विज्ञप्ति जारी गर्दै प्रचण्ड–नेपाल समूहमा लागेको औपचारिक जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘पार्टी एकताको अन्तिम चरणमा दुर्भाग्यवश विभाजनको भयानक अवस्थामा पुगेको छ । यस […]

अनलाइनखबर

कर्णालीका किसानलाई सहकारीमार्फत व्याज अनुदान

१९ पुस, सुर्खेत । कर्णालीका साना किसानले अब सहकारीमार्फत् व्याज अनुदान पाउने भएका छन् । प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साना किसानलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा बृद्धि गर्न सहकारीमार्फत व्याज अनुदान दिने भएका हो । व्यवसायका लागि ऋण लिन धितो राख्न नसक्ने र अति विपन्न कृषकहरुका लागि ५० हजारदेखि पाँच लाखसम्म ऋण प्रवाह […]

अनलाइनखबर

कर्णाली प्रदेशका सांसद चढेको गाडीमा आगजनी

१७ पुस, सुर्खेत । कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष चढ्ने गाडीमा आगजानी भएको छ । प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह चढ्ने गाडीमा बिहीबार राति जाजरकोटको भेरी नगरपालिका–७, पुन्म गाउँमा पार्किङ गरेको ठाउँमै आगजानी भएको हो । सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी सडक छेउमा पार्किङ […]

अनलाइनखबर