काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियामा आगलागीमा परेर ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बिहीबार राति भएको आगलागीमा झापा बिर्तामोड नगरपालिका १ का निराकर पाण्डेसहित १९ जनाको निधनप्रति दु:ख व्यक्त गरेका हुन्। उनले निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। मुख्यसचिव शंकरदास वैरागीलाई उनको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न सम्बन्धित निकायलाई परिचालन गर्न पनि निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ।कम्बोडियाको