हिँड्नुहुन्न ? होस गर्नुस्– रोगले च्यापेर छिटै मरिएला !

काठमाडौं । तपाईं हिँड्नुहुन्न ? कि हिँड्ने चाहना भएर पनि कार्यव्यस्तताले पाउनुभएको छैन ? यदि यसो हो भने अब खेलाँची नगर्नुस् । दैनिक हिँड्न नसके पनि हप्तामा कम्तीमा दुई दिन ८/८ हजार पाइला हिँड्नुस् । नत्र कालको मुखमा छिटै परिएला ! जापानी अनुसन्धाताहरूले गरेको एउटा अनुसन्धानले यस्तै कुरा खुलाएको छ । अनुसन्धान अनुसार नहिँड्ने व्यक्तिको तुलनामा हप्तामा एक वा दुई दिन मात्रै ८/८ हजार पाइला हिँड्नेहरूको मृत्यु दर १५ प्रतिशत घटेको देखाएको छ । अमेरिकीहरूमाझ भएको एउटा स्वास्थ्य सर्वेक्षणको तथ्यांकलाई केलाएर अनुसन्धानकर्ताहरूले यस्तो निष्कर्ष निकालेका हुन् । अध्ययनमा क्योटो विश्वविद्यालय र अन्य संस्थाका अनुसन्धानकर्ता टोली सहभागी भएका थिए । ८ हजार वा सोभन्दा धेरै पाइला हिँड्ने बानी भएका मानिसहरूको मृत्युको दर कम हुने भनेर यसअघि नै भएका अध्ययनले देखाएको थियो । तर, त्यसमा हिँडाइको आवृत्ति भने कस्तो भन्ने कुरा खुलेको थिएन । एक जना बहिरंग बिरामीले आफू सप्ताहन्तमा अलि बढी हिँड्ने तर अरु बेलामा कम वा नहिँड्ने गरेकाले यसले आफ्नो स्वास्थ्यमा पार्ने असरबारे क्योटो विश्वविद्यालयको ग्रयाजुएट स्कूल अफ मेडिशिनका सामाजिक महामारी विज्ञानका सह–प्राध्यापक कोसुके इनोउएलाई सोधेका थिए । इनोउए यस अनुसन्धान टोलीका एक सदस्य पनि हुन् । सोही बिरामीको चासोलाई विचार गरेर उनले यस्तो खालको अनुसन्धान गरेका थिए ।  अध्ययनका क्रममा हप्तामा कुनै व्यक्ति एक÷दुई दिन कम्तीमा ८ हजार पाइला हिँड्दा १० वर्षपछिको मृत्यु दर कस्तो हुन्छ भनेर निकालिएको थियो । हप्तामा एक दिनसमेत ८ हजार पाइला नहिँड्नेको तुलनामा एक वा दुई दिन सोही स्तरमा हिँड्नेको मृत्युदर एक दशकपछि १४ दशमलव ९ प्रतिशत कम हुने पाइएको छ । हप्तामा तीन दिनदेखि ७ दिन सोही मात्रामा हिँड्नेको मृत्यु दर भने १६ दशमलव ५ प्रतिशत कम थियो । मुटु वा रक्तधमनीमा देखिने समस्या वा असामान्यताका कारण मर्ने सम्भावना पनि नहिँड्नेको भन्दा एक वा दुई दिन मात्रै हिँड्नेको ८ दशमलव १ प्रतिशत कम थियो । त्यसैगरी तीनदेखि ७ दिन हिँड्नेमाझ भने त्यस्ता समस्याका कारण मर्ने सम्भावना ८ दशमलव ४ प्रतिशत कम भेटियो । उमेर समूह वा लिंग जुनसुकै भए पनि दिनमा ६ हजार पाइलाभन्दा कम वा १० हजार पाइलाभन्दा धेरै हिँड्नेमा पनि यस्तै खालको प्रवृत्ति भेटियो । हप्ताको केही दिन मात्रै ८ हजार पाइला वा सोभन्दा बढी हिँड्ने व्यक्तिलाई मृत्युको जोखिम कम हुने अनि मुटु र रक्तबाहिनी नलीमा लाग्ने रोगबाट मर्न सक्ने सम्भावना घट्ने यो अध्ययनले देखाएको छ । यसैका आधारमा अनुसन्धानकर्ता इनोउएले हप्तामा कम्तीमा एक वा दुई दिन ८ हजार पाइला हिँड्न सुझाएका छन् । 

सम्बन्धित सामग्री

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटै पारित गर्छौं : देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्‌बाटै छिटै पारित गर्ने बताएका छन्।सभापति देउवाले आइतबार संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरससँगको भेटमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। महासचिव गुतेरसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि संक्रमणकालीन न्यायससँग सम्बन्धित विधेयक संसद्‌बाट छिटै पारित गराउने बताएको भेटमा सहभागी कानून, न्याय त

‘आरआरआर’को सिक्वेल छिटै बन्ने

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआरआर’को सिक्वेल छिटै बन्ने फिल्मका निर्देशक एसएस राजामौलीले गरे पुष्टि गरेका छन् । उक्त फिल्ममा रहेको ‘नाटु नाटु’ बोलको गीतले गोल्डेन ग्लोब अवार्ड २०२३ मा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेसँगै राजामौलीले फिल्मको सिक्वेल बन्ने पुष्टि गरेका हुन् । अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्डमा जुनियर एनटीआर र रामचरण […]

ग्यासमा छिटै दुईथरि मूल्य तोक्छौँ : कार्यकारी निर्देशक

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्यासमा छिटै दुईथरि मूल्य तोक्ने बताएका छन् । इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताए । उनले भने, ‘हामी एकदमै चाँडो ग्यासको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा […]

ग्याँसमा छिटै दुईथरि मूल्य तोक्छौं : कार्यकारी निर्देशक थानी

६ असार, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्याँसमा छिटै दुईथरि मूल्य तोक्ने बताएका छन् । इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताए । ‘हामी एकदमै चाँडो ग्याँसको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा […]

गठबन्धन न्यायालयको विवाद छिटै समाधान होस् भन्ने पक्षमा छ : प्रमुख सचेतक गुरुङ

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले गठबन्धन न्यायालयमा देखिएको विवाद छिटै समाधान होस् भन्ने पक्षमा रहेको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पदमुक्तिका लागि सहयोग गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन...

मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा

सिन्धुपाल्चोक, कार्तिक २४ । खानेपानी मन्त्री उमाकान्त चौधरीले अवरुद्ध मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा आउने बताएका छन् । गत असार १ मा आएको बाढीले क्षति भएपछि मेलम्ची खानेपानी आयोजनामा पहिलोपटक नेपाल सरकारको मन्त्रीस्तरीय टोली स्थलगत अनुगमनमा पुगेको छ । बाढीले गरेको क्षति अवलोकन गर्न खानेपानी मुहान अम्बाथान पुगेका मन्त्री चौधरीले सञ्चारकर्मीहरूसँग मेलम्ची खानेपानी छिटै सञ्चालनमा […]

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडान सम्झौता छिटै

काठमाडौं, कार्तिक १० । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयरपोर्टस् अथोरिटी अफ इन्डिया (एएआई)सँग छिटै सम्झौता हुने भएको छ । प्राधिकरणको बोर्ड बैठकले क्यालिब्रेशन उडानका लागि सोमवार एएआईलाई पत्राचार गरेसँगै अबको १० दिनभित्रमा उडानका लागि सम्झौता हुने भएको हो । प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षत्रीले प्राधिकरणको बिहीवार […]

बालिकाहरु सम्भव भएसम्म छिटै विद्यालय फर्किन्छन् : तालिबान

५ असोज, काठमाडौं । अफगानिस्तानमा सत्ता चलाइरहेको तालिबानले बालिकालाई सम्भव भएसम्म छिटै विद्यालय फर्काइने बताएको छ । नयाँ सरकारमा महिलाको अवस्था के हुन्छ भन्ने आशंका बढिरहेको अवस्थामा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस्तो बताएका हुन् । मंगलबार काबुलमा सञ्चारकर्मीसँगको कुराकानीमा मुजाहिदले अहिले यस विषयको टुङ्गो लाग्न बाँकी रहेको बताउँदै विद्यालय जाने बालिकाहरु सकेसम्म छिटै कक्षामा फर्किने […]

भक्तपुरका विद्यालय अब छिटै चल्ने

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरभित्रका विद्यालयहरु छिटै नै भौतिक रुपमा सञ्चालन हुने जनाएकी छिन्।...

छिटै विश्वासको मत लिन्छु : मुख्यमन्त्री के.सी.

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले गठबन्धन सरकारले छिटै विश्वासको मत लिने बताएका छन् । उनले विश्वास मत मन्त्रालय बाँडफाँड विषयलाई छिटै टुङ्ग्याउँदै  तयारीमा आफूहरू रहेको बताए । उनले  विशेष अधिवेशन अन्य भएपछि  नियमित अधिवेशन आह्वान हुने त्यसमा छिटै विश्वासको मत ल्याउने बताए ।पहिलो बैठकपछि  पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री केसीले लामो समयदेखि रोकिएका अड्चनहरू टुङ्गिएकाले अब लुम्बिनी प्रदेशलाई सङ्घीयता कार्यान्वयन र विकासको नम