लुम्बिनीलाई भारतका बौद्ध सम्पदासँग जोड्न सके धार्मिक पर्यटक वृद्धि हुनेछ

आर्थिक सर्वेक्षण २०७८-०७९ अनुसार सन् २०२१ मा बाह्य तथा आन्तरिक पर्यटकमध्ये अधिकांश पर्यटकको भ्रमण गन्तव्य गौतम बुद्धको जन्मस्थल लुम्बिनी हुने गरेको तथ्यांकले देखाएको छ । सन् २०२१ मा लुम्बिनी भ्रमण गर्नेमा नेपाली ४ लाख ६३ हजार ९ सय ६३, भारतीय ४३ हजार ७ सय ३२ (स्थल मार्ग र हवाई मार्गसमेत गरी) र अन्य मुलुकका १ हजार १ सय ९७ जना रहेका छन् । सन् २०२० मा लुम्बिनी भ्रमण गर्नेमा नेपाली १ लाख ९७ हजार २ सय ५२, भारतीय ३७ हजार २ सय ६ र अन्य मुलुकका ४५ हजार ४ सय ६९ जना रहेका थिए । सन् २०२१ मा आन्तरिक पर्यटकहरूको लुम्बिनी भ्रमण उत्साहजनक रहेको र भारतीय पर्यटकको संख्या १७.५ प्रतिशतले वृद्धि भएको छ । तथापि, सन् २०२१ मा तेस्रो मुलुकबाट लुम्बिनी आउने पर्यटकको संख्या न्यून रहेको थियो ।

सम्बन्धित सामग्री

धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी मेला

गोरखा– धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित गोरखाको सहिद लखन गाउँपालिका–३, मनकामनामा रहेको त्रिवेणी भगवतीको मन्दिर परिसरमा आज साँझदेखि त्रिवेणी मेला लाग्ने भएको छ । हरिबोधनी एकादशी(ठूलो एकादशी) पर्वको अवसरमा मन्दिर परिसरमा त्रिवेणी मेला आयोजना हुँदै आएको छ । स्थानीय कालिका युवा क्लबको आयोजनामा आज साँझदेखि भोलि (बिहीबार) बिहानसम्म मेलाआयोजना गरिने क्लबका अध्यक्ष  बाबु गुरुङले जानकारी दिएका […]

जगन्नाथ मन्दिरमा धार्मिक पर्यटक बढे

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५, गाजनेमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथ मन्दिरमा धार्मिक पर्यटक बढेका छन् । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसरमा भएको भगवान जगन्नाथको रथयात्रामा धार्मिक पर्यटकको भिड थियो । श्रावण शुक्ल द्वादशीमा रथयात्राको कार्यक्रम आयोजना गरी भगवान जगन्नाथ कपडा फेरेर दर्शन गर्ने र […]

चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक

गलकोट, १२ चैत । चैते दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चैते दसैँका अवसरमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् । मुस्ताङको मुक्तिनाथ दर्शनका लागि […]

तीन दिनमा १७४ जना धार्मिक पर्यटक सिमकोट आइपुुगे

सिमकोट – नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न १७६ जना धार्मिक पर्यटक सिमकोट आइपुगेका छन्। तीन दिन लगाएर पर्यटक सिमकोट आएका हुन्। ट्रेकर सोसाईटीका कर्मचारी छेतेन शेर्पाका अनुसार मंगलवारयता १२ वटा उडानबाट नेपालगञ्जदेखि उक्त संख्याका पर्यटक सिमकोट आइपुगेका हुन्। पहिलो दिन गत मंगलबार आएको पर्यटकको टोली बिहीबार टाक्ची पुुगेको छ। उक्त टोलीमा एक जना […]

धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुरधाम आइपुग्यो

काठमाडौँ- धार्मिक पर्यटक बोकेको भारतीय रेल बिहीबार जनकपुर आइपुगेको छ। १४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा “भारत गौरव“ भारतीय रेल आज दिउँसो जनकपुरको रेल्वेस्टेशनमा आइपुगेको हो । २१ जुन २०२२ मा भारतको नयाँ दिल्लीमा भारतका रेल मन्त्री तथा पर्यटन मन्त्रीले संयुक्त रूपमा झन्डा देखाएर यात्रा सुरु भएको रेल आज जनकपुरधाम आइपुगेको […]

पाँच सय भारतीय धार्मिक पर्यटक बोकेको रेल जनकपुर आइपुग्यो

पाँच सय भारतीय धार्मिक पर्यटक बोकेको रेल जनकपुर आइपुगेको छ । जनकपुरधाम रेलवे स्टेशनमा नेपाली र भारतीय अधिकारीले भारतीय धार्मिक पर्यटकलाई स्वागत गरेका छन् ।  मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश...

५ सय बढी धार्मिक पर्यटक बोकेको रेल जनकपुरधाम आइपुग्यो

काठमाडौं, ९ असोज । धार्मिक पर्यटक बोकेको भारतीय रेल बिहीबार जनकपुर आइपुगेको छ। १४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा “भारत गौरव“ भारतीय रेल आज दिउँसो जनकपुरको रेल्वेस्टेशनमा आइपुगेको हो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार शाह, नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन […]

धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुरमा

जनकपुर । करिब ५ सय धार्मिक पर्यटक बोकेर भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ । जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गर्नुभएको छ । धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो पहिलो रेल हो । रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ अयोध्या, बनारस, प्रयागराज, […]

धार्मिक पर्यटक बोकेको भारतीय रेल आइपुग्यो जनकपुरधाम

धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ । ‘भारत गौरव एसी पर्यटक’ नामक रेल बिहीबार दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो ।

म्याग्दीको ताकमकोतमा धार्मिक पर्यटक बढे

म्याग्दी । पूर्वाधार निर्माणसँगै धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा धार्मिक पर्यटक बढेका छन् । यहाँको प्रमुख शक्तिपीठ मानिने ताकमकोतमा दर्शन र अवलोकनका लागि आउने धार्मिक पर्यटक बढेको ताकमकोतका पुजारी हेमनाथ पौडेलले बताए । ‘दुई वर्षअघिसम्म सुनसान हुने गर्दथ्यो,’ उनले भने, ‘अहिले दैनिकजसो दर्शनार्थी आउँछन् ।’ नजिकका भक्तजन सडकमार्ग भएर गाडीमार्फत र टाढाका हेलिकोप्टर चढेर आउन थालेको उनले बताए । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ति रहेको यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।     ताकम र देवीस्थान हुँदै कोत परिसरमा पुग्ने दुई सडक निर्माण भएका छन् । सडकबाट कोतसम्म पुग्ने पैदलमार्ग निर्माण गरिएको छ । १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोतघरका रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महŒवका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायत हातहतियार छन् । समुद्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाका साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्याेदयको दृश्यावलोकन गर्न सकिन्छ । स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट चन्दा जुटाएर करीब ८० लाखमा दुई वर्षअघि ताकमकोतको कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनर्निर्माण गरिएको थियो । सोह्रौँ शताब्दीमा निर्माण गएिको ताकमकोत १९९० र २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको थियो । ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजनानुसार पहिलो चरणमा कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण गरिएको पुनर्निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए । दुई करोड ५० लाख लागत अनुमान गरिएको गुरुयोजना कार्यान्वयनका क्रममा हालसम्म एक करोड ५० लाखभन्दा बढी खर्च भएको जानकारी उनले दिए । यसमा धवलागिरि गाउँपालिका र पर्यटन मन्त्रालयले पनि लगानी गरेको उनले बताए । रासस