‘सातौं चितवन अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’ हुँदै

काठमाडौं । ‘सातौं चितवन अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’ वैैशाख २२ देखि २४ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने भएको छ । चितवन उद्योग संघको आयोजना, नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टको व्यवस्थापकीय साझेदारीमा प्रदर्शनी हुने भएको हो । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्ने खाँचो रहेको बताए । कठिन परिस्थितिमा समेत चितवन उद्योग संघले गर्ने अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिने उनको भनाइ छ । प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनी नेपाली उद्यमीलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न, नयाँ उद्यमी जन्माउन सहयोग गर्न उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गरे । प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इञ्जिनीयरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादन र सेवाका प्रदर्शनी हुने उनले जानकारी दिए । यी उद्योगलाई उपयोगी हुने आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी २०० भन्दा बढी स्टल रहने आयोजकको भनाइ छ ।

सम्बन्धित सामग्री

सातौं चितवन प्रदर्शनीको तयारी पूरा

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ । ‘दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदर्शनी हुन लागेको हो । र चितवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक चितवन उद्योग संघले औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको जनाएको हो । औद्योगिक […]

चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ।...

औद्योगिक प्रवद्र्धन गर्न चितवनमा प्रर्दशनी

चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा जारी छैटौं चितवन अन्तर्राष्ट्रिय प्रर्दशनी अवलोकन गर्नेको चहलपहल बढेको छ ।४ गतेदेखि सुरु भएको प्रर्दशनीमा शनिबारसम्म ८ हजार जनाले अवलोकन गरेका छन् । प्राविधिक, अध्ययनशील, उद्यमशील, उद्योगी, व्यवसायीले प्रर्दशनीको अवलोकन गरेको चितवन उद्योग संघका उपाध्यक्ष तथा प्रर्दशनी सञ्चालन विभाग संयोजक सूर्यपसाद न्यौपानेले जानकारी दिए । प्रर्दशनी आज (आइतबार) समापन हुनेछ । […]

चितवनमा आजदेखि शुरु भयो छैटौं अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी (फोटो फिचर)

पुस २, चितवन । ‘दिगो आर्थिक विकासका औद्योगिक प्रवर्द्धन’ भन्ने मुल नाराका साथ आजदेखि चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु भएको छ । अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौं संस्करण हो । पुस ४ गतेसम्म चल्ने अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्धघाटन गर्नका साथै सबै स्टलहरुको अवलोकन गरेकी  छिन् । उद्धघाटन कार्यक्रममा विभिन्न व्यवसायी संस्थाका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधि तथा उद्योग व्यवसायी तथा अवलोकन कर्ताको सहभागिता रहेको थियो । चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा चितवन उद्योग संघ र मिडीया स्पेसको व्यवस्थापकिय साझेदारीमा प्रदर्शनीको आयोजना गरिएको हो । स्थानीय उत्पादन प्रवर्द्धन तथा निर्माणजन्य सामग्रीलाई प्राथमिकतामा राखेर औद्योगिक प्रदर्शनी शुरु गरिएको हो । कुल २०० स्टलहरुमध्ये ५० भन्दा बढी स्टल भारतका रहेका छन् ।

छैटौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी पुसमा

छैठौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७८ आगामी पुस २, ३ र ४ गते आयोजना हुने भएको छ ।चितवन उद्योग संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रर्दशनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २ सयभन्दा बढी स्टलहरु रहने जनाएको छ । उद्योग क्षेत्रमा भित्रिएका नयाँ प्रविधि हस्तान्तरण गर्ने, नेपाली उत्पादनहरुको बजारीकरणका लागि सहज गर्न र नयाँ उद्योग खोल्न चाहनेहरुलाई […]

चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी

नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजनामा आगामी पुस २ देखि ४ सम्म प्रर्दशनी हुने आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो।...

पुसमा चितवन अन्तर्राष्ट्रिय  औद्योगिक प्रदर्शनी हुने

चितवन उद्योग संघले नेपाल उद्योग परिसंघसँगको सहकार्यमा पुस २ देखि ४ गतेसम्म छैटौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्ने भएको छ । चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राट्रिय गरी...

कोरोनापछि चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

चितवनमा कोरोना महामारीपछि पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ । चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा प्रदर्शनी हुने भएको हो । पुसको २, ३ र ४ गते चल्ने प्रदर्शनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० वटा स्टल हुने बताइएको छ । जसमा ३० वटा स्टल लघु, घरेलु तथा साना उद्योगीका लागि निःशुल्करूपमा छुट्याइएको छ ।कोभिड महामारीपछि दुई वर्षपछि अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना हुन लागेको परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । उनले नेपा