२१ जेठमा बर्दियाका नरेन्द्र सुनार आफ्ना २ जना छोरासहित ४ जना बच्चालाई पुरोहित पढाउन ललितपुर हान्निँदा दलित भएकै आधारमा भर्नाबाट नै बन्चित भइन्छ भनेर सोचेका पनि थिएनन् । शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना गर्ने तयारीसहित जब आश्रम पुगे तब नरेन्द्रका लागि ठिक उल्टो बन्यो । सोधखोजको क्रममा अध्ययन गर्ने बालक दलित भएको थाहा पाएपछि भर्ना सिट नभएको भन्दै गुरुकुलले त्यतिकै फर्काइदियो ।तर, कहिलेकाही कसैले नराम्रो गर्न खोज्दा राम्रो बनिदिन्छ भन्ने भनाइ नरेन्द्र सुनारलाई लागू भएक