नायक शाह रिहा हुँदा कारागार बाहिर ठूलो भीड

बाल यौन दुराचार मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएपछि सोमबार तनहुँ कारागारबाट रिहा हुँदै नायक पूर्णविक्रम (पल) शाह । शाह रिहा हुने भएपछि कारागार अगाडि सर्वसाधारणको बाक्लो भीड लागेको थियो । तस्बिर- कृष्ण न्यौपाने/रासस

सम्बन्धित सामग्री

रेशमलाई लिन रञ्जितादेखि एलिजासम्म पुगे कारागार (फोटो)

काठमाडौं : राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद रेशमलाल चौधरीको रिहा भएका छन्।  डिल्लीबजार कारागारबाट उनी सोमबार बिहान छुटेका हुन्। उनलाई लिन समर्थक र आफन्त  फुलमालाका साथ कारागार पुगेका थिए। उनलाई लिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी रेशमकी श्रीमति रञ्जिता श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतम लगायत कारागार पुगेका थिए। हेर्नुहोस् फोटो रेशम चौधरी रिहा

रिहा भएपछि पलले समर्थकहरुलाई भने– सबैलाई धन्यवाद !

काठमाडौँ ।  अभिनेता पल शाहले आफुलाई माया र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी तनहुँ कारागारबाट रिहा भएर बाहिरिने क्रममा कारागार परिसरमा उपस्थित समर्थकहरुलाई गाडीबाटै धन्यवाद दिएका हुन्

सन्दीप ९९ दिनपछि रिहा हुँदा (तस्बिरहरू)

काठमाण्डाै – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उच्च अदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज (शुक्रवार) रिहा भएका हुन् । लामिछाने तीन महिना नौ दिन (९९ दिन) कारागारमा बसेर रिहा भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिबद्धतासहित लामिछानेलाई आज थुनामुक्त गरिएको हो । उनले अबको कानुनी प्रक्रिया बाहिरबाटै लड्नेछन् । सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै...

सुन्धाराबाट छुटेका शोभराजलाई पुन: डिल्लीबजार कारागार पठाउने तयारी

काठमाडौँ- केन्द्रीय कारागारबाट रिहा भएका सिरियल किलर चार्ल्स शोभराजलाई पुनः कारागार नै पठाइने भएको छ। केन्द्रीय कारागार सुन्धाराबाट छुटेका शोभराजलाई डिल्लीबजार कारागारमा लैजाने तयारी भएको छ। अध्यागमन कानुन उल्लघंन गरेको आरोपमा शोभराजलाई पुनः कारागार पठाउने तयारी गरिएको हो। यात्रा डकुमेन्टसहित अन्य कागजी प्रक्रिया पूरा नहुन्जेल शोभराज अझै केहीबेर कारागार रहनुपर्ने भएको छ। शोभराजले भने कारागारबाट […]

रेशम चौधरीलाई स्वागत गर्न भन्दै फूलमालासहित डिल्लीबजार कारागार पुगे कार्यकर्ता

२६ मंसिर, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा हुने हल्लाले उनका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका छन् । चौधरीलाई स्वागत गर्न भन्दै केही कार्यकर्ताहरु झण्डा र फूलमालासहित कारागार अगाडि गएर बसेका छन् । २०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका […]

दैलेख कारागारबाट २४ जना कैदीबन्दी रिहा

दैलेख :  संविधान दिवसको अवसरमा जिल्ला कारागार दैलेखबाट २४ जना कैदीबन्दी रिहा भएका छन्।विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरेका २४ जना कैदीबन्दी रिहा भएका जिल्ला कारागार दैलेखका जेलर जीतबहादुर खत्रीले जानकारी दिए।रिहा भएका कैदीमध्ये कर्तव्य ज्यान मुद्दामा परेका ६ जना, ज्यान मार्ने उद्योगमा कैद भोगिरहेका १ जना, सवारी ज्यान मुद्दामा कैद भोगिरहेका १ जना र बहुविवाह कसुरमा कैद भोग्दै आएका १६ जना गरी २४ कैदी रिहा भएका हुन्।२४ जनामध्ये बहुविवाहमा परेका ६ जना महिला र १० जना पुरुष रिहा भएका जेलर

‘विप्लव’ नेकपाका नेता भरत बम रिहा

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम रिहा भएका छन् । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ २८ महिना लामो जेल जीवन बसाईपछि शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् । रिहा भएपछि काठमाडौँको सुन्धरामा नेकपामा नेता धमेन्द्र बास्तोला लगायतका नेताहरुले खादा लगाएर अभिनन्दन गरेका थिए । […]

रिहा भए ४० वर्ष जेल बस्न बाध्य दुर्गाप्रसाद

कोलकत्ताको कारागारमा रहेका इलामको माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना आज रिहा भएका छन्। चालीस वर्षदेखि कारागार जीवन बिताइहेका दुर्गाप्रसाद रिहा भएका हुन् । कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि आज दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली  महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाएको हो । अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका थिए । चालिस वर्षपछि जेल बाहिर निस्कँदा दुर्गाप्रसादले नयाँ लुगा लगाएका थिए । उनलाई ह्या...

डाका मुद्दाका मुख्य अभियुक्त कारागार चलान

सप्तरी, राजविराज । नेपाल टेलिकमको उपकरण लुटपाटमा संलग्न मुख्य अभियुक्त भनिएका सिरहाको लाहन नगरपालिका १३ निवासी राकेश यादव कारागार चलान भएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका २ स्थित शिवनारायण चौधरीको घरमा नेपाल टेलिकमद्वारा जडान गरिएको टावर उपकरण लुटपाट गरेको आरोपमा लुटिएका केही उपकरणसहित पक्राउ परेका यादवलाई बुधबार सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान […] The post डाका मुद्दाका मुख्य अभियुक्त कारागार चलान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.