नेपालीलाई धेरै फुर्सद छ, नकारात्मक कुरामा रमाउँछौं : डा. क्षेत्री

काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले बजेट निर्माणमा भइरहेको विवाद नकारात्मक चिन्तनको उपज भएको टिप्पणी गरेका छन् । ‘नेपालीलाई धेरै फुर्सद छ । हामी नकारात्मक कुरा गर्नमै रमाउँछौं । बजेट निर्माणमा अलिअलि केही न केही आशंका रहेको होला । तर यकिन नगरीकन आक्षेप मात्र लगाउनु उचित होइन । आफ्नो […]

सम्बन्धित सामग्री

ब्रोकर कमिशन पुनरवलोकन गर्दै धितोपत्र बोड

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र व्यवसायी (ब्रोकर) कम्पनीहरूलाई मर्का नपर्ने गरी ब्रोकर कमिशन पुनरवलोकन हुने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित आर्थिक मन्दीमा पूँजीबजार : सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले ब्रोकर कम्पनीहरू पूँजी बजारका मुटु हुन् भन्दै उनीहरूलाई मर्का नपर्ने गरी कमिशन पुनरवलोकन हुने बताए । उनले ब्रोकर कमिशन घट्नुअघि बोर्डको कमिशन घटाउनेसमेत उल्लेख गरे । धितोपत्र बजारका लगानीकर्ता रहे बजार रहने कुरालाई प्राथमिकतामा राख्दै अध्यक्ष हमालले आम लगानीकर्ताको हितलाई ध्यानमा राखी ब्रोकर कमिशन पुनरवलोकन गर्न लागेको बताए । अध्यक्ष हमालले ब्रोकर कमिशन घटाउने विषयमा सम्बद्ध ब्रोकर कम्पनीहरूसँग पनि गहन रूपमा छलफल गरिसकेको जानकारी दिँदै बजारका कोही कसैलाई हानि नहुने गरी कमिशन पुनरवलोकन गरिने प्रतिबद्धता व्यक्त गरे । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा १० कित्ते नीतिको भने हमालले विरोध गरेका छन् । यो नीतिको सकारात्मक पक्षलाई अझ सबल बनाउने र नकारात्मक पक्षलाई पुनरवलोकन गर्न आवश्यक नीति ल्याउनुपर्ने आवश्यकतासमेत अध्यक्ष हमालले औंल्याए । १० कित्ते नीतिका कारण धेरै लगानीकर्तामाझ पूँजी बजार पुगेको कुरालाई भने उनले स्वीकार गरेका छन् । बोर्डले विगत वर्षहरूमा लामो समयसम्म गर्न नसकेको काम गर्न सफल भएको स्मरण गराउँदै अध्यक्ष हमालले आगामी दिनमा पनि बोर्डले अघि सारेका योजना सफल बनाएरै छाड्ने प्रतिबद्धतासमेत गरे ।  आगामी दिनमा धितोपत्र बजारमा संस्थागत लगानीकर्ता भित्त्याउने कार्यलाई बोर्डले प्राथमिकतामा राख्ने हमालको भनाइ छ । गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा प्रवेश गराउने विषयमा बोर्डले गठन गरेको अध्ययन समितिले आवश्यक प्रतिवेदन तयार गरिसकेको र त्यसमा रहेका आवश्यक कानून निर्माणको काम भइरहेको समेत अध्यक्ष हमालले जानकारी दिएका छन् । आगामी दिनमा हकप्रद शेयरमा नयाँ व्यवस्था लागू गर्ने तयारी रहेको जानकारी गराउँदै हमालले सूचीकृत कम्पनीका स्वतन्त्र सञ्चालकहरूको योग्यता पनि तोकिने बताए ।  उक्त कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले कम्पनीहरूको दोस्रो बजारमा हुने मूल्यको उतारचढावको ग्यारेन्टी बोर्डले नलिने बताएका छन् । प्रिमियम मूल्यमा आईपीओ जारी गरेका कम्पनीहरूको शेयरमूल्य दोस्रो बजारमा कम भएमा त्यस्ता कम्पनीलाई बोर्डले काराबाही गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नको जवाफमा बोर्डका कार्यकारी अध्यक्ष श्रेष्ठले बोर्डले राम्रा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न स्वीकृति प्रदान गर्ने भए पनि ती कम्पनीको शेयर लगानीकर्तालाई खरीद गर्न बोर्डले बाध्य नपार्ने बताए । आईपीओ खरीद गर्ने निर्णयदेखि दोस्रो बजारमा हुने मूल्य जोखिमको जिम्मा स्वयं लगानीकर्ताले लिनुपर्ने धारणा श्रेष्ठको रहेको छ ।  बोर्डले ब्रोकर कमिशन घटाउने विषयमा अध्ययन गरिरहेको बताइरहँदा ब्रोकर कम्पनीका प्रतिनिधिहरूले भने नघटाउन आग्रह गरेका छन् । स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र स्टक ब्रोकर एशोसिएशनका महासचिव कृष्ण गिरीले ब्रोकरहरू अहिलेको अवस्थामा घाटामै चलिरहेको भन्दै अवस्था हेरेर मात्र कमिशन पुनरवलोकन गर्न आग्रह गरे । नयाँ ब्रोकर कम्पनीहरू भर्खरै धितोपत्र बजारमा प्रवेश गरेको अवस्थामा केही वर्ष उनीहरू स्थापित हुन सक्ने/नसक्ने अवस्थाको मूल्यांकन गर्नुपर्ने महासचिव गिरीको सुझाव छ ।  अध्यक्ष सापकोटाले भने पुराना ब्रोकर कम्पनीहरूको हकमा मार्जिन कर्जा प्रवाह गर्न केही प्राविधिक कठिनाइ रहेको भन्दै बोर्डले नीतिगत रूपमै ती कठिनाइ समाधान गर्नुपर्ने बताए । लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले पूँजी बजारको विकासका लागि संस्थागत लगानीकर्ता बढ्नुपर्ने बताए । बजारमा नयाँ औजारको विकास भए कारोबार बढ्ने उल्लेख गर्दै उनले ब्रोकरहरूले कारोबार बढाउने गरी व्यवसाय गर्नुपर्ने बताए ।  पूँजीका हिसाबमा बलिया नयाँ ब्रोकर कम्पनी बजारमा भित्रिएकाले पुरानालाई पनि पूँजी बढाएर सेवा बढाउन उनले आग्रह गरे । बजार घट्न र बढ्नु स्वाभाविक रहेको भन्दै पौडेलले कुनै पनि नीतिले बजारलाई नकारात्मक प्रभाव पर्न नहुने तर्क गरे । बजार बढ्नु मात्र पर्छ भन्ने लगानीकर्ताको माग नरहेको उल्लेख गर्दै उनले गलत नीतिका कारण बजार घट्न नहुने बताए । ब्रोकर कमिशन घट्ने चिन्तामा रहेका ब्रोकर कम्पनीहरूलाई आगामी दिनमा दैनिक २० अर्ब रुपैयाँको कारोबार हुने अवस्था आए कमिशन घटेर ब्रोकरको व्यवसायमा असर नपर्ने उनको तर्क छ । ब्रोकर कम्पनीहरूलाई आम लगानीकर्तालाई उत्साहित हुने गरी सेवा बढाएर कारोबार बढाउन लगानीकर्ता पौडेलले अनुरोध गरे ।

वैदेशिक रोजगारीमा नेपालको गुम्दो साख

मलेसिया सरकारले विगतमा विदेशबाट कामदार झिकाउँदा पहिलो प्राथमिकतामा नेपालीलाई राख्ने गरेको थियो । तर, अब उसले नेपाली कामदारलाई कम महत्त्व दिने भएको छ । यसबाट नेपाली कामदारको प्रमुख गन्तव्य बन्दै आएको मलेसियाबाट प्राप्त हुने विप्रेषणमा ठूलो कमी आउने सम्भावना बढेको छ । यसमा नेपाली कामदारको उच्छृंखल गतिविधि दोषी रहेको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् । हाल मलेसियाले नेपाली कामदारको माग गर्न छाड्नुले नेपाली कामदारप्रति उनीहरूको दृष्टिकोण क्रमशः नकारात्मक हुँदै गएको बुझ्न सकिन्छ । ६ महिनाअघि २ हजार नेपाली कामदार लिने भनेको बहुराष्ट्रिय कम्पनी सोनीको मलेसियािस्थत कार्यालयले ५ सय जनाको मात्र माग पठाएकाले यसको पुष्टि हुन्छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका कुल कामदारमध्ये ३८ प्रतिशत अर्थात् १४ हजार कामदार मलेसिया गएका थिए । अहिले त्यहाँका कतिपय रोजगारदाता कम्पनीले नेपालबाट कामदार माग गर्न नै छाडिसकेको बताइएको छ । यसबाट विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ । गत आवमा विभिन्न मुलुकमा गएका नेपाली कामदारबाट प्राप्त विप्रेषणमध्ये ४९ प्रतिशत मलेसियाबाट आएको थियो । उसै पनि राजनीतिमा हदभन्दा बढी अभिरुचि भएका नेपालीहरू अर्काको मुलुकमा गएर पनि विभिन्न संघसंस्था खोल्न भ्याएका छन् । ती संस्थाहरूले कामदारको हकका नाममा गर्ने कतिपय क्रियाकलापहरू उच्छृंखल देखिँदै आएका छन् । वर्ष ६, अंक ३४, सोमवार, २५ असोज २०६७

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन् । ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र विदेशिएका नेपालीलाई एक दिन स्वदेश फर्कनका लागि अपिल गर्ने दिनको प्रतिक्षामा आफू रहेको बताए । उनले नेपाली समुदायमा नकारात्मक प

पृथ्वीको रक्षा गर्ने महान् लक्ष्यमा निरन्तर अघि बढौं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण विश्वमा देखा परेका समस्या न्यूनीकरण गर्दै पृथ्वीको रक्षा गर्ने महान् लक्ष्यमा निरन्तर अघि बढ्न सबैमा आग्रह गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । राष्ट्रपति भण्डारीको सन्देशमा प्रकृतिको स्वभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने …

राष्ट्रपति भण्डारीद्वारा विश्व वातावरण दिवसका अवसरमा सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस (जुन ५)का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको भनिएको छ । प्रकृतिको स्वभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने...

स्वच्छ र हरित मानवीय जीवन पद्दतिको विकास गर्ने चुनौती : राष्ट्रपति भण्डारी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस (जुन ५)का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको भनिएको छ । प्रकृतिको स्वभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको […]

पर्यटनलाई पहिलेकै अवस्थामा फर्काउन सबैलाई खोप आवश्यक : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन सबै नेपालीलाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएका छन् ।कोभिड महामारीले देशका धेरै क्षेत्रमा नकारात्मक प्रभाव पारेको र पर्यटन क्षेत्र अझ बढी तहसनहस भएकाले मुलुकका उद्योगी व्यवसायीले सरकारको सहयोगको अपेक्षा गरेको उनले बताए । वरिष्ठ उपाध्यक्ष ढकालले भने, “मुलुकको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन आन्तरिक तथा बाह

चुरे विनाशको योजनाप्रति चासो

हालै जुम मिटिङमा ‘प्रकृतिको उपहार, चुरे संरक्षणमा हाम्रो सरोकार’ अन्तर संवादको कार्यक्रम आयोजना भयो । लोकतन्त्र संवादअन्तर्गत भएको जुम अन्तरक्रियामा विभिन्न वक्ताहरूले आआफ्नो विचार राखेका थिए । तीन सयभन्दा बढी व्यक्ति सहभागी भएको त्यस कार्यक्रममा सबैजसो वक्ताले चुरे क्षेत्रको संरक्षणका बारेमा बोलेका थिए । यो समस्या सामान्यतया क्षेत्रीय समस्या जस्तो लाग्छ तर चुरे क्षेत्रका बासिन्दामा पर्ने प्रभाव जनसंख्याको हिसाबले र यसको पाश्र्व प्रभावलाई समेत नियाल्दा यो सरकारद्वारा सृजित राष्ट्रिय समस्या हो । यो बजेटले सृजना गरेको विषय वास्तवमा आर्थिक नभएर राजनीतिक हो । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको स्थापना नै यस क्षेत्रमा प्राकृतिक सम्पदाहरूको अव्यवस्थित र अधिक दोहन हुँदा यहाँको पर्यावरणीय क्षेत्रमा परेको नकारात्मक प्रभावलाई रोक्न गरिएको हो । चुरे तराईको मात्र होइन, भित्री मधेश र केही हदमा महाभारत शृंखलामा बसोवास गर्ने मानव र जीवजन्तु, वनस्पतिको जीवन रेखा हो । यहाँको गिटीढुंगा निर्यात गर्दा तराईको उत्पादनलाई अझ नकारात्मक प्रभाव पार्ने चुरे दोहन गरेर तराईको भूमि मरुभूमिा हुन्छ । कार्यक्रममा चन्द्रकिशोर यादवले राजनीतिक परिवर्तनपछि प्राकृतिक सम्पदाको अव्यावहारिक प्रयोग र दोहन नै समस्या भएको बताए । उनले चुरेको ढुङ्गा, बालुवा र काठको निकासी समाधान होइन, जटिल समस्याको निम्तो भएको बताए । उनले भने, ‘संरक्षणका लागि बजेट पनि छुट्ट्याउने र दोहनको योजना पनि साथसाथै आउने यो कस्तो बजेट हो ? उनले चुरे संरक्षण अभियानलाई देश र जनताको संरक्षणको रूपमा बुझ्न आग्रह गरे । चुरेको भूगोल र जीवनका विषयमा विद्यावारिधि गर्ने विजयकुमार सिंहले यसलाई संसद्, स्थानीय निकाय साथै नागरिक तहसम्म छलफलको विषय बनाउनुपर्नेमा जोड दिए । बजेटले चुरेको माटो चुरेलाई पानी तराईलाई भन्ने सिद्धान्तलाई चुनौती दियो । त्यसैले यसलाई रोक्नुपर्छ भन्नेमा जोड दिए । चुरे संरक्षण विकास समितिका पूर्वसदस्य नागेन्द्र यादवले चुरेको विनाशले नेपालका ३७ जिल्लाहरूको जनजीवन र नेपालको अन्न उत्पादन क्षमताको ठूलो अंश प्रभावित हुने बताए । हाम्रा धेरै नदी र खोलाहरूको मुहान चुरे हो । चुरेबाट बग्ने नदीमा १५ वर्षअघि ५० मीटर फराकिला नदी भएकामा अहिले ५०० देखि ७०० मीटरसम्म पैmलिएको बताए । नदीहरूको कटानले सिरहा र सप्तरीमा मात्र वार्षिक २५ बिगाह जमीन कटान भएको छ । चुरे संरक्षण विकास समितिका संस्थापक अध्यक्ष रामेश्वर खनालले वर्तमान बजेटमा गिट्टी ,ढुङ्गा निर्यातबारे चुरे उल्लेख नगरे पनि सिद्धनाथको पहाड र दाउन्नेको भूभागमा हुने उत्खनन के हो ? भन्ने प्रश्न गरे । त्यो चुरे नै भएकाले यसले तराईको मात्र होइन, नेपालको आधाभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष र सिँगै नेपाल र नेपालीलाई अप्रत्यक्ष नकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो । चुरेबाट ढुङ्गा र बालुवा निकासीसँगै काठ पनि अवैध निकासी हुन्छ । आयोजनाको प्रभाव मूल्याङ्कन कुनै पनि शर्तमा उपचार होइन । तस्कर र माफियाको अघि कानून र सरकार लाचार हुने देशमा नियमसंगत निकासीका कुरा बहाना हुने भएकाले यसलाई रोक्नुपर्ने बताए । ढुङ्गा बालुवा र माटो जस्ता गैरनवीकरणीय सम्पदा निर्यात होइन, नवीकरणीय प्राकृतिक सम्पदाको व्यपारका क्षेत्रहरू खोज्न सुझाव दिँदै उनले हजारौं हजार वर्षको पर्खाइमा मात्रै बन्ने सम्पदालाई विक्री गर्ने योजना देशद्रोही र जनविरोधी भएको बताए । अन्तिम वक्ता चुरे संरक्षण समितिका पूर्वसदस्य डा. प्रभु बुढाथोकीले चुरेक्षेत्रको महŒव प्राकृतिक मात्रै होइन, हाम्रो संस्कृति र धर्मसँग जोडिएको विषय हो । पर्यटन क्षेत्रको विकासका अतिरिक्त संसारमै दुर्लभ जडीबुटी उत्पादन र प्रशोधन गरेर व्यापारघाटा कम गर्ने थुप्रै उपायको बेवास्ता गरेर सरकार भविष्य सधैंका लागि संकटमा परेर माटो, ढुङ्गा जस्ता सम्पदाको विक्रीको योजना गलत हो । यसले भारतीय पर्यावरणीय प्रणाली र जीवन पद्धतिलाई समेत नकारात्मक पार्ने विषयमा भारतले पनि सोच्नुपर्ने बताए । प्रमुख अतिथि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बजेटले राष्ट्रिय सम्पदा निर्यात गर्ने योजना गैरकानूनी, निन्दनीय र राष्ट्रघाती काम भएको बताए । पहाड पानीको स्रोत हो । तसर्थ पहाडप्रति मधेश कृतज्ञ हुनुपर्छ । पहाड र चुरेमा उत्खनन गरे तराई मरुभूमि हुन्छ । त्यसैले यो गलत काम रोक्न उनले सरकारलाई सल्लाह दिए । वर्तमानमा राजनीतिमा अध्ययनको नितान्त कमी भएको अनुभवलाई सम्बोधन गरेर राजनीति विना अध्ययन विना शैक्षिक योग्यता सम्भव छैन भन्ने सन्देश पनि यसभित्रको अन्तरनिहित दृष्टिकोणलाई यो कार्यक्रमले यथेष्ट सम्बोधन गर्नैपर्छ । यस्ता कार्यक्रमको आयोजना गर्दा पदभन्दा विज्ञता, ज्ञान र अनुभवले प्राथमिकता पायो भने जान्ने, पढ्ने विषयले प्राथमिकता पाउँछ । शासकीय सुधारको मुख्य कडी भनेको सबैमा अध्ययनशीलता, जिज्ञासा र कौतुहलताको विकास पनि प्रमुख विषय हो भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्नुपर्छ । यो कार्यक्रमको बीचबीचमा विचार सम्प्रेषण गर्नेहरूमा संविधान सभा सदस्य मोहन बराल, अभियन्ता लता घिमिरे, विष्णु पन्थी, बद्री अर्याल, व्यवसायी कर्ण शाक्य, वरिष्ठ अधिवक्ता भोला भट्टराई, बजरंग नेपाली, वरिष्ठ अधिवक्ता नारायण घिमिरे, अभियन्ता राजन पन्त, नृपबहादुर सुनार, कानून संकायका पूर्वडीन ताराप्रसाद सापकोटा, विमल अर्याल पनि थिए । लोकतन्त्र संवादका अभियन्ता चितवनका ऋषि थपलियाले जुम कार्यक्रममा उठेका प्रश्नहरूको संक्षिप्त जानकारीका साथ आफ्ना जिज्ञासाहरूलाई रोचक ढंगले राख्नुभएको थियोे । विचार लिने वर्तमान परिपाटीमा यस्तो जुम कार्यक्रम पनि परिमार्जन गर्न आवश्यक हो भन्ने पनि देखाएको छ । यसरी राष्ट्रको जीवनसँग अत्यन्तै सरोकार राख्ने कार्यक्रम आयोजना गर्ने, विज्ञका रूपमा विचार प्रकट गर्ने र सबैलाई हौसला प्रदान गर्न पूरै चारै घण्टा समय प्रदान गर्ने नेपालका प्रथम राष्ट्रपति र सहभागी सबैको यस कार्यक्रममा अभिव्यक्त भावनाको विशेष मूल्य छ । यसलाई प्रजातान्त्रिक सरकारले अन्यथा बुभ्mन हुन्न । गल्तीबाट सबैले नसिके समाजको र देशको प्रगति हुँदैन । आयोजकहरूलाई यस्ता कार्यक्रमहरू पहिचान गर्न, विज्ञहरूको रोस्टर बनाउन, समाजलाई राष्ट्रिय मुद्दाहरूमा चिन्तनशील बनाउन र सहभागी र समाजलाई अध्ययनशील बनाउन यस्तो कार्यक्रमले सहयोग गर्नेछ ।

नेपालीलाई आघात हुने अनुसन्धान गर्न दिन्नौँ - Naya Patrika

कथंकदाचित नकारात्मक असर परे पीडितलाई क्षतिपूर्ति सम्बन्धित उत्पादक कम्पनी र अनुसन्धानकर्ताले व्यहोर्नुपर्छ नेपालमा वार्षिक कति अनुसन्धान हुन्छ ? सन् २०१७ मा पाँच सयको हाराहारीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट अनुसन्धानका लागि...पूरा पढ्नुहोस् »