वैदेशिक रोजगारीमा नेपालको गुम्दो साख

मलेसिया सरकारले विगतमा विदेशबाट कामदार झिकाउँदा पहिलो प्राथमिकतामा नेपालीलाई राख्ने गरेको थियो । तर, अब उसले नेपाली कामदारलाई कम महत्त्व दिने भएको छ । यसबाट नेपाली कामदारको प्रमुख गन्तव्य बन्दै आएको मलेसियाबाट प्राप्त हुने विप्रेषणमा ठूलो कमी आउने सम्भावना बढेको छ । यसमा नेपाली कामदारको उच्छृंखल गतिविधि दोषी रहेको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् । हाल मलेसियाले नेपाली कामदारको माग गर्न छाड्नुले नेपाली कामदारप्रति उनीहरूको दृष्टिकोण क्रमशः नकारात्मक हुँदै गएको बुझ्न सकिन्छ । ६ महिनाअघि २ हजार नेपाली कामदार लिने भनेको बहुराष्ट्रिय कम्पनी सोनीको मलेसियािस्थत कार्यालयले ५ सय जनाको मात्र माग पठाएकाले यसको पुष्टि हुन्छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका कुल कामदारमध्ये ३८ प्रतिशत अर्थात् १४ हजार कामदार मलेसिया गएका थिए । अहिले त्यहाँका कतिपय रोजगारदाता कम्पनीले नेपालबाट कामदार माग गर्न नै छाडिसकेको बताइएको छ । यसबाट विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ । गत आवमा विभिन्न मुलुकमा गएका नेपाली कामदारबाट प्राप्त विप्रेषणमध्ये ४९ प्रतिशत मलेसियाबाट आएको थियो । उसै पनि राजनीतिमा हदभन्दा बढी अभिरुचि भएका नेपालीहरू अर्काको मुलुकमा गएर पनि विभिन्न संघसंस्था खोल्न भ्याएका छन् । ती संस्थाहरूले कामदारको हकका नाममा गर्ने कतिपय क्रियाकलापहरू उच्छृंखल देखिँदै आएका छन् । वर्ष ६, अंक ३४, सोमवार, २५ असोज २०६७

सम्बन्धित सामग्री

एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला गरिँदै

सरकारले दौंत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ।...

वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन कम्पनीको वेबसाइटमा अनिवार्य राख्नुपर्ने

१६ फागुन, काठमाडौं । वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि अब म्यानपावर कम्पनीको वेबसाइटमा समेत अनिवार्य राख्नु पर्ने भएको छ । वैदेशिक रोजगार विभागले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगार सम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने व्यवस्था गरिएको छ । […]

सरकारले वैदेशिक रोजगारी रोक्ने योजना ल्याउनुपर्छ : श्रममन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारी रोक्न रोजगारमैत्री योजना ल्याउनुपर्ने बताएका छन् ।

वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्कियो : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताए छन् ।आइतबार राष्ट्रिय सभामा बिनियोजन विधियक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन् । वैदेशिक […]

वैदेशिक रोजगारी ठगी कसुरका फरार प्रतिवादी पक्राउ

बागलुङ : वैदेशिक रोजगारी ठगी कसुरमा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय बागलुङले वैदेशिक रोजगारी ठगी कसुरमा बागलुङ १२ अमला चौरका ४२ वर्षीय प्रकाश शर्मालाई पक्राउ गरेकाे हाे।शर्मालाई वैदेशिक रोजगार न्यायाधीकरणको इजलास काठमाण्डौंबाट २०७७ चैत १७ गते एक वर्ष ५ महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो।फैसला सुनाइएका फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार घरबाटै उनलाई पक्राउ गरेको हाे।पक्राउपछि उनला

रोजगारीको बाध्यता: युवालाई महामारीभन्दा वैदेशिक रोजगारी प्यारो

विज्ञहरूले युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना हुन नसक्दा कोरोनाको डरभन्दा वैदेशिक रोजगारी प्यारो भएको बताउने गरेका छन्।...

बौरिन थाल्यो वैदेशिक रोजगारी, दैनिक १७ सयभन्दा बढी विदेशिँदै

७ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण दुई वर्षयता धेरै नेपालीले विदेशमा काम गुमाए भने वैदेशिक रोजगारीमा जाने अवसर पनि पाएका थिएनन् । तर, कोरोना महामारीको असर घट्दै गएपछि पछिल्लो केही महिनायता वैदेशिक रोजगारी फेरि पुरानै लयतर्फ उन्मुख भएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको छ । वैदेशिक रोजगार […]

वैदेशिक रोजगारी : दैनिक एक हजार श्रमिक विदेसिँदै

कोरोना महामारीका कारण शून्यमा झरेको वैदेशिक रोजगारी लयमा फर्कन थालेको छ । दसैँपछि वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढेको छ । वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता कमल ज्ञवालीले वैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढिरहेको बताए । उनका अनुसार विदेशबाट नेपाली कामदारको माग बढ्न थालेपछि श्रम स्वीकृति लिने र वैदेशिक रोजगारीका लागि उड्नेको संख्या बढ्न थालेको हो ।विभागले मातहतका ७ वटा कार्यालयमार्फत वैदेशिक रोजगार निम्ति श्रम स्वीकृति दिँदै आएको छ । जसमध्ये ६ वटा कार्यालयले पुनः श्रम स्वी

सामान्य बन्दै वैदेशिक रोजगारी

काठमाडौं, असोज १२ । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार […]

धादिङमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम

धादिङ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङका पदाधिकारीहरूको लागि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।  सुरक्षित वैदेशिक रोजगारीका सवाल, आप्रवासी कामदारका हकहित तथा संस्थागत विकास सम्बन्धी जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।  तालिमको पहिलो दिन जिल्ला समन्वय समिति धादिङका जिल्ला समन्वय अधिकारी हरी प्रसाद अर्यालले वैदेशिक रोजगारको वर्तमान अवस्था र अवसर तथा मुख्य सवालहरूको बारेमा जानकारी गराउनुभयो । यसै गरी कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकार...