काठमाडौं : नेपाली कांग्रेसको प्रमुख सचेतक रमेश लेखकले संघले कानुन निर्माण नगर्दा प्रदेश र स्थानीय तहले काम गर्न नसकेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लेखकले संघीयताको प्रभावकारिताको लागि प्रदेश र स्थानीय तहको काम प्रभावकारी हुनुपर्ने भए पनि संघले कानुन निर्माण नगर्दा हुन नसकेको बताएका हुन्। उनले संविधान जारी भएको ८ वर्षसम्म मौलिक हक प्रत्याभूत गर्न आवश्यक कानुन बन्न नसकेको बताए। लेखकले अहिलेको संविधान असफल गर्ने छुट कसैलाई नभएको बताए। उनले संविधान असफल भयो भने मुल