प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिनुभएको छ । निर्वाचन आयोग नेपालद्वारा मोरङमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । त्यस क्रममा उहाँले संवेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा …