काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले कांग्रेसका नौवटा भ्रातृ संस्थाको एकसाथ म्याद थपेको छ । शनिबारको कांग्रेस केन्द्रीय समिति बैठकबाट नौवटा भ्रातृ संस्थाको एकसाथ म्याद थपेर वैधानिकता दिइएको हो ।
नेपाली कांग्रेसले आवधिक निर्वाचनलाई लोकतन्त्रको मुटु भन्दै देशमा र पार्टीमा आवधिक निर्वाचन लागु नभए प्रजातन्त्र धरापमा पर्ने बहस गर्दै आएको...