आजभन्दा झण्डै १८ वर्षअघिको कुरा हो । मलाई दिल्लीबाट नेपाल आएर फेरि मुम्बई जानु थियो । किनकि विदेश जाने जहाजको टिकट मुम्बईबाट काटिएको थियो ।
एक पटक घरमा परिवारलाई नभेटी परदेश कसरी जानु । बिदा र आर्शिवाद लिन मलाई जसरी पनि घर आउनु थियो । तर भयो के भने दिल्लीबाट गोरखपुर हुँदै सुनौली नाकाबाट नेपाल प्रवेश गर्न खोज्दा पो थाहा भयो माओवादीको आन्दोलनले नेपाल बन्द रहेछ । त्यो समय कति बेला के हुन्छ भन्ने भर नै नहुने ।
सुनौली बोर्डरबाट नेपाल आउँदा सडक सुनसान थियो । रिक्सा र साइकल मात्र चलिरहेका थिए । यत्रो सहरमा गाडी न...