सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न आयोग समक्ष निवेदन दिएकोमा आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको निर्वाचन कार्यलयका सहायक–निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिए । आइतबारदेखि यहाँको मतगणना […]