दाङको घोराही क्षेत्रमा झन्डै ६ हजार मानिसमा आँखासम्बन्धी समस्या

दाङ - दाङको घोराही क्षेत्रमा झन्डै ६ हजार मानिसमा आँखासम्बन्धी समस्या रहेको पाइएको छ। नेपाल नेत्रज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालले गरेको एक अध्ययनमा घोराहीमा ५ हजार ८ सय ५ जनामा आँखासम्बन्धी समस्या भएको तथ्याङ्क सार्वजनिक गरेको हो । उनीहरुमा आँखामा लाग्ने मोतियाबिन्दु, अन्धोपनलगायतका समस्या रहेका राप्ती आँखा अस्पतालले जनाएको छ । आँखासम्बन्धी समस्या भएका ५ हजार ८ सयमध्ये ३ हजार ३ सय ६१ जना मोतियाबिन्दुसम्बन्धी समस्याका बिरामी रहेका राप्ती आँखा अस्पतालका प्रमुख प्रशासकीय अधि...

सम्बन्धित सामग्री

घोराही सिमेन्टको शेयर रजिष्ट्रारको जिम्मेवारी हिमालयन क्यापिटललाई

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पूरा गरेको क्यापिटलले कम्पनीको शेयर व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारीसमेत पाएको छ । सञ्चालक समितिको निर्णयबमोजिम शेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्य गर्नका लागि क्यापिटललाई जिम्मेवारी दिइएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।  कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी असार ३१ गते बाँडफाँट गरेको थियो । धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आईपीओ सूचीकृत हुन बाँकी छ । शेयर रजिष्ट्रारको समन्वयमा दोस्रो बजारमा शेयर सूचीकृत गराउने कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रिमियम मूल्यसहित सर्वसाधारणमा प्रतिकित्ता ४३५ रुपैयाँ र उद्योग प्रभावित स्थानीयमा प्रतिकित्ता ४०० रुपैयाँमा आईपीओ विक्री गरेको हो । सर्वसाधारणमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बाँडफाँट गरेको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानीकोषमा ३ लाख २८ हजार ९६१ कित्ता, कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूमा ७७ हजार २९० कित्ता आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीमा संस्थापकतर्फ भने ३ अर्ब १७ करोड ७५ लाख २० हजार ५०० रकम चुक्ता भएको छ । संस्थापक तर्फको समेत कुल ३ अर्ब ९७ करोड १९ लाख ६०० बराबरको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत हुनेछ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

घोराही सिमेन्टका नक्कली आवेदकको छानबिन गर्दै सेबोन

काठमाडौं  । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ खरीदका लागि १२ जनाले अधिकतम १० लाख कित्ताका लागि आवेदन दिएको तथ्य पत्ता लागेको छ । खातामा पैसा नै नभएको अवस्थामा अधिकतम १० लाख कित्ताका दरले १२ जनाको आवेदन परेको तथ्य पत्ता लागेको हो ।  आवेदकको सम्पूर्ण जानकारी सजिलै प्राप्त हुने आस्बादेखि सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्थाकै कारण घोराही सिमेन्टका नक्कली आवेदकको विवरण सहजै पत्ता लागेको नेपाल धितोपत्र बोर्ड (सेबोन)स्थित उच्च स्रोतले जानकारी दिएको छ ।  बोर्डले घोराही सिमेन्टको आईपीओ सम्बन्धमा छानबिन गर्न बोर्डका सुपरभिजन प्रमुख दीपेश ताम्राकारको संयोजकत्वमा समिति समेत गठन गरेको छ । बुधवार गठित समितिले कम्पनीको आईपीओका लागि गराइएको रेटिङसँगै अन्डरराइटरमाथि समेत छानबिन गर्ने बुझिएको छ ।  स्रोतका अनुसार नक्कली आवेदक प्रेमप्रसाद आचार्य, उज्ज्वल आचार्य, सावित्रा पराजुली, लक्ष्मी घिमिरे, मुना खत्री, मनोज पाठक, सृजा पोखरेल, मिथिलेशकुमार मेहता, अनिल राणा, नवीन खत्री, सुमित्रा बम र रन्जना ढकाल हुन् । यीबाहेक १ लाखभन्दा बढी कित्ता माग गर्दै एक दर्जनभन्दा बढीको आवेदन परेको जानकारीसमेत बोर्डले दिएको छ । बोर्डले सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को सहयोगमा नक्कली आवेदक पहिचान गरिरहेको छ । बोर्डका अनुसार कम्पनीको आईपीओ खरीदका लागि हालसम्म परेको आवेदनमा ५८ प्रतिशतभन्दा बढी नक्कली छन् । कुल आवेदनमा करीब ६ अर्ब रुपैयाँको आवेदन नक्कली भएको बोर्डको दाबी छ । कम्पनीको आईपीओमा ९ अर्ब ८३ करोड ८५ लाख रुपैयाँभन्दा बढीका लागि आवेदन परेको छ । ५ लाख ६२ हजार ४३ जना आवेदकले २ करोड २६ लाख १७ हजार ३७० कित्ता शेयर खरीदका लागि आवेदन दिएका छन् । बोर्डले यी आवेदकले खातामा पैसा नै नभएको अवस्थामा किन अधिकतम कित्ताका लागि आवेदन दिए भन्ने विषयमा विशेष रूपमा छानबिन गर्ने बताएको छ । आम लगानीकर्तामा भ्रम फैलाउने क्रियाकलापमा सहभागी सम्पूर्णलाई कारबाहीको दायरामा ल्याउने बोर्डको भनाइ छ । १० कित्ता आईपीओ पाउन समेत भाग्य भरोसा रहने अवस्थामा खातामा पैसा नै नभएका व्यक्तिले १० लाख कित्ताका लागि आवेदन दिनुलाई बोर्डले शंकाको दृष्टिले हेरेको छ । घोराहीको शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । १० कित्ता शेयर नपाउने अवस्थामा १० लाख कित्ताको लागि आवेदन दिनु उचित नभएको आधारमा टेकेर अनुसन्धान बलियो बनाएको बोर्डको भनाइ छ ।  घोराही सिमेन्टले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रिमियम सहित प्रतिकित्ता ४०० र सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता ४३५ मा आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । कम्पनीको आईपीओ मूल्यका सम्बन्धमा शुरुवाती समयदेखि नै चर्को आलोचना हुँदै आएको छ । चर्को आलोचनाबीच कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्‍यो । पहिलो चरणमा १३ प्रतिशत मात्र विक्री भएको कम्पनीको आईपीओ दोस्रो चरणमा सर्वसाधारणबाट पनि मागबमोजिम आवेदन पर्नेमा कम्पनी ढुक्क हुन नसकेको अवस्था थियो । कम्पनीको प्रिमियमसहितको आईपीओको सम्बन्धमा शुरूदेखि नै आम लगानीकर्ताले विवाद गर्दै आएका थिए । कतिपय लगानीकर्ताले यो आईपीओ वहिष्कार गर्न सुझाएका थिए ।  घोराही सिमेन्टको आईपीओ सर्वसाधारणका लागि जेठ ३२ गतेदेखि विक्री खुला भएको थियो । मागभन्दा बढी आवेदन परिसकेको अवस्थामा कम्पनीले आवेदन दिने अवधि थप गरेपछि नियामक निकायले विशेष निगरानी बढाएको थियो । असार ४ गतेको छिटो अवधिभित्र मागभन्दा बढी आवेदन परिसक्दा पनि कम्पनीले असार १४ गतेसम्म अवधि थप गरेको हो । सीडीएससीले कम्पनीको आईपीओमा नक्कली आवेदक रहेको आशंका गर्दै बोर्डलाई जानकारी दिएपछि बोर्डले असार ४ गते नै आईपीओ निष्कासन बन्द गर्ने निर्णय गरेको छ । अनुसन्धान जारी रहेकाले यो आईपीओ निष्कासनले निरन्तरता पाउने/नपाउने विषय हाललाई अन्योलमै रहेको बोर्डले जानकारी दिएको छ । आम लगानीकर्ताको लगानी नफस्ने गरी बोर्डले निर्णय गर्ने स्रोतले बताएको छ । कम्पनीले पहिलो चरणमा विक्री हुन नसकेको शेयरसमेत जोडेर कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वसाधारण्मा विक्री खुला गरेको हो । बोर्डले प्रिमियम मूल्यमा कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ विक्री गर्न कम्पनीलाई अनुमति दिएको होे । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा ३ लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता शेयर यसअघि नै बाँडफाँट गरिसकेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता, सामूहिक लगानी कोषका लागि ३ लाख ७७ हजार ३३१ कित्ता र कर्मचारीका लागि ३ लाख ७७ हजार ३३१ कित्ता विक्री खुला गरेको थियो । यसअघिको कुल शेयरमा १३ प्रतिशत मात्र बाँडफाँट भएको छ ।

घोराही सिमेन्टद्वारा शेयर खरीदकर्तालाई आभार व्यक्त

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले शेयर खरीदकर्ताहरूलाई आभार व्यक्त गरेको छ । लगानीकर्ताले शेयर खरीदमा उत्साहपूर्ण सहभागिता देखाएको भन्दै कम्पनीले उनीहरूलाई आभार व्यक्त गरेको हो ।  कम्पनीले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि शेयर विक्री खुला गरेको थियो ।  कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको शेयर जारी गरेको थियो । जसमध्ये आयोजना प्रभावितका लागि ३ लाख ९७ हजार १९० कित्ता  र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता छुट्याइएको थियो । 'सो शेयर खरीदका लागि प्रभावित क्षेत्रका बासिन्दाले देखाउनुभएको सहभागिता हाम्रो लागी महत्त्वपूर्ण रह्यो ।त्यसैगरी, सो सेयर खरिदका लागि देश बाहिर रहनुभएका वैदेशिक सेयर खरिदकर्ताले देखाउनु भएको उत्साहले हामीलाई थप हौसला बढाएको छ.' कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागि शेयर जारी गर्ने जानकारी दिएको छ । यसमा पनि लगानीकर्ताको सक्रिय र उत्साहपूर्ण सहभागिता रहने कम्पनीले विश्वास लिएको छ ।  त्रिवेणी समूहबाट प्रवर्द्धित घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेड क्लिंकर र सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो । उद्योगले हालै क्लिंकर र ग्राइन्डिङ उत्पादन क्षमता बढाएको विज्ञप्तिमा उल्लेख छ । उद्योगले क्लिंकर उत्पादन क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ उत्पादन क्षमता दैनिक ४ हजार टन पुर्‍याएको छ । यसअघि उद्योग क्लिंकर उत्पादन क्षमता दैनिक १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन थियो ।

दाङमा सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती

दाङ - दाङमा सामुदायिक वनकाे खाली जग्गामा कुरिलाे खेती गरिएकाे छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले  कुरिलो खेती गर्न सुरु गरेकाे हाे ।  घोराही उपमहानगरपालिका वडा नं १८ अखबरेमा रहेको वसन्त हरियाली सामुदायिक वनकाे २ हेक्टर खाली जग्गामा ६ हजार २ सय कुरिलोको बेर्ना लगाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे ।  वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको ५ लाख रुपैयाँ...

घोराहीमा एमालेका नरुलाल चौधरी ६ हजार १३० मतले अगाडि

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । ६८ हजार ३६१ मत गणना हुँदौ एमालेका नरुलाल चौधरीले ३२ हजार ३१२ मत पाएका छन् । गठबन्धनकोतर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार हेमराज शर्माले २६ हजार १८२ मत प्राप्त गरेका छन् ।  नरुलाल र हेमराजको मतान्तर ६ हजार १३० रहेको छ ।  त्यसैगरी उपप्रमुखमा एमालेकी...

घाेराही उपमहानगरकाे मेयरमा एमालेभन्दा माओवादी अगाडि, २ सय ७ मतकाे अग्रता

दाङ - दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवारले अग्रता बनाएका छन् । पाँच बजेसम्मकाे मत परिणाम अनुसार गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले  ६ हजार २ सय ८ मत प्राप्त गर्नु भएको छ । यस्तै, एमालेका उम्मेदवार नरुलाल चौधरीले ६ हजार १ मत पाउनु भएको छ ।

दाङको बबई नदीमा माछाका भुरा छाडियो

दाङ - नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबई नदीमा माछाका भुरा छाडिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले घोराही उपमहानगरपालिका-५ धर्ना सिसहनियामा बबई नदीमा माछाका भुरा छाडेको हो । रहु र नैनी जातका ६ हजार माछाका भुराहरु बबई नदीमा छोडिएको विज्ञ केन्द्रका प्रमुख डा.बेदबहादुर केसीले जानकारी दिनुभयो । नदीको पर्यावरणीय सन्तुलन कायम गर्न र नदीमा माछाको सङ्ख्या बढाउन भुरा छोडिएको उहाँको भनाइ छ । नदीको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछा...