मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगम तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको र जी–ट्वान्टिज ग्लोबल पार्टनरशिप फर फाइनान्सियल इन्क्युलसनबाट समर्थित ‘ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा बैंक सम्मानित भएको हो । साना तथा लघुवित्त क्षेत्रमा बैंकले पु-याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो । यस सम्मानले भविष्यमा साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नको लागि उत्साहित बनाएको बैंकले