युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको इरानद्वारा स्वीकार
एजेन्सी । इरानले युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको स्वीकार गरेको छ । इरानी विदेश मन्त्री होसेन अमीराबदुल्लाहियानले युक्रेनमाथि आक्रमण हुनुभन्दा केही महिनाअघि थोरै सङ्ख्यामा ड्रोन पठाइएको शनिबार बताएका हुन् ।
इरानका विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियानले युक्रेनमा उनको देशका ड्रोनहरु प्रयोग भएकोबारे आफूहरू बेखबर रहेको बताएका छन् । मन्त्रीले इरानको औपचारिक धारणा युक्रेन द्वन्द्व रोकिनुपर्छ भन्ने रहेको बताए । तेहरानमा आयोजित एक बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा अमीराब्दुल्लाहियानले उनको देशले रुसलाई ड्रोन आपूर्ति गरेको पहिलोपटक स्वीकारे । तथापि आफूहरुले युक्रेनमा युद्ध हुनु अघिनै रुसलाई ड्रोन बेचेको दावी उनले गरे । पछिल्लो समय युक्रेन आक्रमणका लागि इरानमा निर्मित ड्रोन प्रयोग भइरहेको आरोप छ ।&n