२१ मंसिर, काठमाडौं । संसदको महाअभियोगपछि निलम्बित अवस्थामै रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई काममा फर्किन पाउने गरी संसद सचिवालयका महासचिवले पत्राचार गरेका छन् । नयाँ प्रतिनिधिसभाको चुनाव भइसकेको भन्दै उनले महाअभियोग प्रस्तावका कारण भएको चोलेन्द्रको निलम्बन निष्प्रभावी भएको पत्र लेखेपछि राणा सर्वोच्च फर्किएर काम थाल्ने तयारीमा छन् । राणामाथि महाअभियोग ल्याउन सक्रियमध्येका एक नेकपा माओवादी केन्द्रमा […]