राहदानी विभागले आइतबारबाट अण्डरग्राउण्ड पार्किङ खुल्ला गर्ने

काठमाडौँ। त्रिपुरेश्वरस्थित राहदानी विभागले आइतबारबाट अण्डरग्राउण्ड पार्किङ खुल्ला गर्ने भएको छ। शुक्रबार एक सूचना जारी गर्दै विभागले आइतबारबाट नै अण्डरग्राउण्ड पार्किङ खुल्ला गर्ने जनाएको हो। काठमाडौँ महानगरपालिकाले अण्डरग्राउण्ड पार्किङ रहेको स्थानमा होल्डिङ एरिया बनाएको भन्दै पार्किङ नै बनाउनुपर्ने बताएको थियो।

सम्बन्धित सामग्री

काठमाडौँ महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग कार्यालयको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । सवारी पार्किङका लागि छुट्टाउनुपर्ने बेसमेन्टमा राहदानी विभागले सेवाग्राहीलाई बस्नका लागि बेन्चहरू राखेको थियो । महानगरपालिकाले बेसमेन्टमा रहेका संरचनासहित बेन्चहरू हटाएर पार्किङका लागि खाली गराएको हो। महानगरले पार्किङका लागि बनाइएको संरचनाको प्रयोग त्यसकै लागि गर्नुपर्ने जनाएको छ।