वनभोज खान गएका दुई किशोर भेरीमा बेपत्ता

भेरीगंगा – सुर्खेतमा वनभोज खान गएका दुई किशोर भेरी नदीमा बेपत्ता भएका छन्। पौडी खेल्ने क्रममा उनीहरू बगेर बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै वनभोज खान गएको थियो। बेपत्ताको खोजी गर्न नेपाल प्रहरी […]

सम्बन्धित सामग्री

माछा मार्न गएका किशोर चिप्लिएर नदीमा खसे, अवस्था अज्ञात

कालीकोट : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ मा तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–६ स्थित तिला नदीमा माछा मार्ने क्रममा सोही ठाउँका अन्दाजी १५ वर्षीय गणेश शाही नदीमा बेपत्ता भएका हुन्।उनीसँगै नदीमा माछा मार्न गएका साथीका अनुसार ढुङ्गामा चिप्लिएर गणेश बेपत्ता भएको खबर आएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले बताए। “तीर्थबहादुर शाहीका छोरा बेपत्ता भएको, उनको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्”, उनले भने, “घटना आज दिउँ

चार दिनदेखि बेपत्ता किशोर फेला परेनन्

गत बिहीबारदेखि बेपत्ता भएका किशोर अझै फेला परेका छैनन् । उदयपुर, जिल्लाको बेलका नगरपालिका–१ आम्वासीका १३ वर्षीय किशोर त्रियुगा नदीमा पौडी खेल्न गएका थिए । जिल्ला प्रहरी कार्यलयका अनुसार बेपत्ता किशोर देवनारायण चौधरीका छोरा १३ वर्षीय संविधान चौधरी रहेका हुन् । बिहीबार बाख्रा चराउन निस्किएका चौधरी पौडी खेल्न त्रियुगा नदीमा प्रवेश गरेसँगै बेपत्ता भएको जिल्ला …

हुम्लामा विद्यालय हिँडेका किशोर मृत अवस्थामा फेला

हुम्लाको अदानचुली गाउँपालिका– ३ का १५ वर्षीय किशोर मृत फेला परेका छन्। मंगलबार बिहान १० विद्यालय गएका प्रशान्त थापा मृत फेला परेका हुन्।  सुर्योदय माध्यमिक विद्यालय कक्षा–९ अध्ययनरत थापा विद्यालयको गेटबाहिर मृत...

रुकुम पूर्वका एक किशोर एक हप्तादेखि बेपत्ता

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका एक किशोर बेपत्ता भएका छन् । वडा नं १२ गर्खानीका १६ वर्षीय किशोर विज्ञान पुन एक हप्ता यता बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । मानसिक सन्तुलन ठिक नभएका विज्ञान एक हप्तायता सम्पर्कविहीन भएको विज्ञानका बुवा जगतप्रसाद पुनले बताए ।परिवारका अन्य सदस्य काममा गएका बेला किशोर घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजीनीति गर्दा पनि अहिलेसम्म फेला पार्न नसकिएको किशोरका बुवाले बताए । पहिले राम्रै ती किशोरको विगत एक वर्षयता मानसिक सन्तुलन ठिक नभएको परिवारले बताएको छ

१ हप्तादेखि रुकुम पूर्वका एक किशोर बेपत्ता

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तर गङ्गा गाउँपालिकाका एक किशोर बेपत्ता भएका छन् । वडा नं १२ गर्खानीका १६ वर्षीय किशोर विज्ञान पुन एक हप्ता यता बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । मानसिक सन्तुलन ठिक नभएका विज्ञान एक हप्तायता सम्पर्कविहीन भएको विज्ञानका बुवा जगत्प्रसाद पुनले बताए । परिवारका अन्य सदस्य काममा गएका बेला […]

हिउँ खेल्न गएका १६ वर्षीय दुई किशोर बेपत्ता

गोरखा, २५ माघ । गोरखा बारपाकका दुई जना किशोरहरु गत बिहीबारदेखि बेपत्ता भएका छन् । हिउँ खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका–१ का १६ वर्षीया किशोरहरु साइला घले र वडा नम्वर २ का करन घले गत बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । हिउँ खेल्न भन्दै उनीहरु गत माघ २० गते लाप्राक गएका थिए । खाना […]

हिउँ खेल्न गएका दुई किशोर बेपत्ता

काठमाडौं । हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना किशोर पाँच दिनदेखि बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा बारपाक सुलिकोट गाउँपालिका–१ का साईंला घले र वडा नम्वर २ का करन घले रहेका छन् । उनीहरु हिउँ खेल्न भन्दै गत बिहीबार लाप्राक गएका थिए । प्रहरीका अनुसार उनीहरु दुवै १६ वर्षका हुन् । खाना खाएर घरबाट […]

कालीगण्डकीमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता

कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन । बिहीबार दिउँसो करिब १ बजेको समयमा बाग्लुङ नगरपालिका– १ निर्यघाटस्थित कालीगण्डकी नदीको किनारमा पौडी खेल्दै गर्दा दुई किशोर बेपत्ता...

पौडी खेल्न गएका दुई किशोर बेपत्ता

पाँचथरमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन् । पाँचथरको याङबरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना किशोरलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आइतबार दिउँसो साढे १२ बजे ६ जनाको समूहमा पौडी खेल्न गएका उनीहरुमध्ये लक्ष्मण र विपल खोलाले बगाई बेपत्ता भएका हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरी

पाँचथरमा खोलाले बगाएर दुई किशोर बेपत्ता

पौडी खेल्न गएका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका छन् । आज दिउँसो पौडी खेल्न पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इंवा खोला गएका जिल्लाका याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा याङवरक–४ निशानधाम छेउका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ छन् ।स्थानीय सञ्चारकर्मी नेत्रप्रसाद कोइरालाका अनुसार यहाँका छ जना किशोर पौडी खेल्न भनी इंवा र काबेली खोलाको दोभान छेउ त्रिवेणी गएका थिए । पौडी खेल्ने क्रममा नदीको बहावले ल