दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटियो । सो घटना अनुसन्धानमा प्रहरीले अहिलेसम्म कुनै ठोस सफलता हाँसिल गर्न सकेको छैन ।तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ‘अन्यत्र हत्या गरेर घिसारेर खाल्डोमा लगेको देखिन्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीसँग भने–‘हत्