शुक्रबारबाट हास्य सिरियल ‘बबाल’

पछिल्लो समय दर्शकलाई भरपूर मनोरञ्जन दिने उदेश्यले थुप्रै हास्य सिरियल निर्माण भएका छन् । कतिपयले उदेश्य पुरा गरेका छन् भने कतिपय त्यसै हराएर पनि गएका छन् । यहि भिडमा नयाँ सिरियल ‘बबाल’ थपिएको छ ।  हास्य कलाकार अजय रेग्मी तथा सुदीप खतिवडा (एस जोडी) को  लेखन तथा निर्देशन रहेको सिरियल शुक्रबारबाट प्रसारणमा आउने भएको छ । सिरियल अहिले एस जोडी क्रियसनको युट्युवमार्फत आउन लागेको हो ।मेरी बास्सै, जिरे खुर्सानी, भद्रगोल, खासखुस, सक्किगोनीलगायत सिरियलमा अभिनय गरिसकेका यो एस जोडीले यस

सम्बन्धित सामग्री

अधिकारीको ‘ख्याल ख्यालमा’ युटुबमा सार्वजनिक

रंग पत्रकार भोला अधिकारीको लेखन तथा निर्देशनमा हाँस्य सिरियल ‘ख्याल ख्यालमा’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार सिरियलको प्रोमो युटुबमार्फत रिलिज गरिएको हो। ट्रेलरमा समसायिक विषयवस्तुलाई व्याङ्ग्यात्मक शैलीबाट दर्शकलाई मनोरञ्जन दिने प्रयास...

हास्य सिरियल ‘अब जे होला होला’ ल्याउँदै उत्तम

कलाकार उत्तम केसीले नयाँ हास्य सिरियल ‘अब जे होला होला’ ल्याउने भएका छन् । केसीकै लेखन निर्देशनमा सिरियल आउन लागेको हो । सिरियलको श्रृखला निर्देशक उत्सव केसी रहेका छन् ।सामाजिक विषयवस्तुलाई हास्य शैलीमा उतारिएको उक्त श्रृंखलामा उत्तम केसी, लक्ष्मण विक्रम बस्नेत, मुकुन्द मैनाली, गीता नेपाल, उत्सव केसी, शोभा भण्डारी, सुष्मिता श्रेष्ठ, प्रकाश विक्रम थापा, सन्देश राउत, विजय तिमिल्सिना, किरण केसी, गगन बास्तोला, संगिता श्रेष्ठ लगायत कलाकारको अभिनय देख्न सकिन्छ । ज्ञान कुमार कट्टेल यो

सागर र प्रिज्माको ‘ब्रेकअप’ !

९ मंसिर, काठमाडौं । सागर लम्साल म्युजिक भिडियोका चल्तीका मोडल हुन् । हास्य सिरियल ‘भद्रगोल’बाट चर्चामा आएका सागरले म्युजिक भिडियोमा पनि आफ्नो नाम बनाए । सागर केही समयदेखि मोडल प्रिज्मा खतिवडाको प्रेममा रहेको चर्चा थियो । उसो त, सागर र प्रिज्माले आफूहरु प्रेममा रहेको खबरलाई स्वीकार भने कहिले पनि गरेनन् । तर, पछिल्लो केही महिनादेखि प्रिज्मा […]

मिडिया हवले बनायो हास्य सिरियल ‘तगारो’

हास्य सिरियल ‘तगारो’ निर्माण भएको छ । तितोसत्य, मेरीबास्सै, भद्रगोल, जिरे खुर्सानी, अति भो, उल्टो सुल्टो लगायत थुप्रै सिरियल निर्माण गरेको संस्था मिडिया हवले यो सिरियल निर्माण गरेको हो ।प्रत्येक साता बिहिबार प्रसारण हुने सिरियलले समसामयिक, सामाजिक, राजनैतिक तथा पारिवारिक कथावस्तुमा समाबेश गरिने ‘तगारो’का निर्देशक कृष्ण लामिछाने हुन् । निर्देशक कृष्णलाई सिरियलमा लेखनमा सरिता दुलालले सघाएका छन् ।कृष्ण लामिछाने, एन्जल बिएसके, आर.बि. शर्मा, ज्ञान बहादुर खड्का, निरज मोक्तान, न

‘हर्के हवल्दार’ मा फर्किए किशोर र रेश्मा

लोकप्रिय हास्य सिरियल ‘हर्के हवल्दार’ मा फेरि कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ र रेश्मा तिमल्सिना ‘बुनुमैचा’ देखिने भएका छन् । लामो समयपछि दुबै यो सिरियलमा देखिन लागेका हुन् । टिमसँग मनमुटाभ भएका कारण उनीहरुले ११ वर्ष अगाडि ‘हर्के हवल्दार’ छोडेका थिए ।आफु ‘हर्के हवल्दार’ मा पुरानै भूमिकामा फर्किएको कलाकार किशोर भण्डारीले बताए । पहिले जोसँग मनमुटाभ थियो । सिरियलमा अहिले त्यो मानिस नभएको र पारिश्रमिक समेत बढी भएकोले ‘हर्के हवल्दार&

‘ट्याङ्काभरी सुन’ भर्दै बले र प्रियना

हास्य सिरियल ‘सक्किगोनी’ का चर्चित जोडी सागर लम्साल ‘बले’ र प्रियना आचार्यको अभिनित म्युजिक भिडियो ‘ट्याङ्का भरी सुन’ सार्वजनिक भएको छ । भिडियोमा सागर र प्रियनाको आकर्षक नृत्य सहित रोमान्टिक अवतारमा उत्रिएका छन् ।गायक सचिन रौनियार स्वर रहेको ‘ट्याङ्का भरी सुन’ बोलको गीतमा रौनियारलाई गायनमा रचना रिमालले साथ दिएकी छन् । हरिहर तिमल्सिनाको शब्द रहेको गीतमा राजनराज शिवाकोटीले संगीत भरेका छन् । भिडियोका निर्देशक शान थापा हुन् । राजिव समरको करियोग्राफी रह

हास्य सिरियल ‘उकुसमुकुस’ सुरु

हास्य सिरियल ‘उकुसमुकुस’ को प्रशारण सुरु भएको छ । बुधबार आमा अग्निकुमार मिडिया नामक युट्युब च्यानलबाट सिरियल प्रसारण सुरु भएको हो । नहकुल भट्टराई निर्माता रहेको सिरियल दिलीप तामाङ ‘हुरहुर’ ले निर्देशन गरेका हुन् । गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको सिरियलमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ को संवाद रहेको छ । सिरियलमा दिलीपको नै कथा छ । सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सिना हुन् । राहुल राईले छायाँकन गरेको सिरियलको पहिलो भागमा टिकटक एपको क्रेजसँगै यस

धतुरेको कमेडी सिरियल ‘क्या जमाना आ’ सुरु

लोकप्रिय हास्य सिरियल ‘क्या जमाना आ’को दोस्रो सिजन सुरु भएको छ । गत सोमबारबाट सिरियलको दोस्रो सिजन सुरु भएको लेखक तथा निर्देशक सीपी पुडासैनी ‘धतुरे’ ले बताए । सिरियलको पहिलो सिजन करिब एकसय भागमा पुगेर सकिएको थियो । दर्शकमाझ अत्यन्त लोकप्रिय रहेको र दर्शकको पनि माग भएकोले आफुले दोस्रो सिजन सुरु गरेको निर्देशक पुडासैनीले जानकारी दिए । ‘दोस्रो सिजनको कथाको भेराइटी भने फरक रहेको छ’ उनले थपे ।केशव सापकोटा श्रृखंला निर्देशक रहेको सिरियलमा सीपी पुडासैनी, केशव सापकोटा

सुरवीर पण्डितको जीवन : मेरो मृत्युको जिउँदै अनुभव गर्न पाएँ

सुरवीर पण्डित पछिल्लो समय कलाकारितामा ‘दारी बा’का नामले चर्चित छन् । यो परिचय उनले हास्य सिरियल ‘मेरी बास्सै’बाट पाएका हुन् । यो सिरियलबाट उनी सर्वत्र चिनिएका हुन् ।कलाकारितामा सुरवीर पण्डितको नामबाट चिनिएका उनको वास्तविक नाम केशवप्रसाद पण्डित हो । विसं २०४३ देखि नियमित कलाकारितामा रमाउँदै आएका उनी समकक्षीको तुलनामा धेरै पछि छन् । त्यसैले पनि उनी अहिले पनि भन्छन् कलाकारिता पेसा बनाउने कोसिसमै छु ।सङ्ख्याले ५० भन्दा बढी टेलिसिरियल र ४० माथिका फिल्म र एक सय हाराहारीका म्युज