नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले क्रियाशील सदस्यता विवाद कायमै रहेको डडेल्धुरामा अधिवेशन र निर्वाचन रोक्न सभापति शेरबहादुर देउवासँग अनुरोध गरेका छन् ।
बुधवार सभापति देउवालाई एक पत्र लेख्दै उपसभापति निधिले क्रियाशील सदस्यता विवाद मिलाउन आग्रह गरेका छन् ।
डडेल्धुरामा निर्वाचन अधिकृतले भदौ २५ गते वडा अधिवेशनको मिति तोकेपनि जिल्ला सभापति कर्णबहादुर मल्लले असन्तुष्टि पोखेका छन् ।