विश्व प्रसिद्ध मर्दी हिमाल जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी नयाँ ‘ट्रेकिङ रुट’ विकास गरिएको छ। पोखरा महानगरपालिका–२५ मेलबोटबाट अस्तामसम्मका विभिन्न स्थानमा पर्यटकीय पूर्वाधार निर्माण गरी मर्दी हिमाल पुग्ने पदयात्रामार्गका रूपमा विकास गरिएको हो।