रामेछाप । विगत तीन दिनदेखि सोलखुम्बूको लुक्लामा मौसममा आएको खराबीका कारणले मन्थलीमा दुई सयभन्दा बढी विदेशी पर्यटक रोकिएका छन् । आज बिहानदेखि नै उडान नभएपछि लुक्ला जाने पर्यटक हेलिकप्टर चार्टर गरेर सोलुको सुर्केसम्म गएका छन् । कोही पर्यटक मन्थलीबाट सडकमार्ग हुँदै गाडीमा फाप्लु गएको नागरिक उड्डयन प्राधिकरण रामेछापका निमित्त कार्यालय प्रमुख पूजा थापाले बताए । […]
मस्को । रुसको साइबेरिया क्षेत्रमा बिहीबार एउटा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । एमआई– ८ हेलिकप्टर दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा ठोक्किएको रसियाको आपतकालीन मन्त्रालयको अल्ताई शाखाले जनाएको छ। हेलिकप्टर निजी कम्पनीको थियो र पर्यटक बोकेको थियो । जहाजमा १२ जना […]
सोलुखुम्बु – आज आइतवार एकै दिन सात सय जनाभन्दा धेरै पर्यटक हवाई मार्गबाट लुक्ला पुगेका छन् ।
विमानको ३४ वटा उडान र झन्डै एक सय पटक भएका हेलिकप्टर उडानमार्फत सात सय जनाभन्दा धेरै पर्यटक लुक्ला विमानस्थलमा ओर्लिएका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । आजका लागि तोकिएका पाँच वटा उडान मौसमका कारण रद्द भएका छन् । लुक्ला पुगेका पर्यटकमध्ये धेरैजसो विदेशी रहेका छन् । वसन्तयाममा पर्वतारोहण तथा पदयात्राका लागि खुम्बु पुग्ने पर्यटकको सङ्ख्या बढेको छ ।
नागरिक उड्डयन प्राधिकरणका का...
१० असोज, गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए । पर्यटन विभागले पनि हिमपहिरो गएको […]
गण्डकी । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् । पोखराबाट हेलिकप्टर चढी पर्यटक नजिकैका माछापुच्छ्रे, मर्दीलगायतका हिमालको अवलोकन गर्न […]
सोलुखुम्बु - सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण हुने क्रम बढेको छ । खुम्बुमा पर्यटक आगमन बढेसँगै निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान हुने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी विष्णु रोकायाका अनुसार पछिल्लो एक महिनामा मात्रै साढे तीन सय पटकभन्दा बढी हेलिकप्टर उडान तथा अवतरण भएको छ ।
गएकाे असोज १५ गतेदेखि कार्तिक १५ गतेसम्म ३ सय ७२ पटक उडान तथा अवतरण भएको निकुञ्जको तथ्याङ्क छ ।
खुम्बु क्षेत्रमा पर्यटकहरुले भ्रमण, कार्गो ढुवानी तथा आकस्मिक उद्धारका लागि हेलिकप्टर...
पोखरा – पोखरामा परेको हिमपहिरोमा परी हराएका पर्यटक खोज्न कोरियन दूतावासले हेलिकप्टर पठाएको छ। अन्नपूर्ण पदमार्गबाट शुक्रबारदेखि हराएका ५ जनाको पहिचान भए पनि उनीहरू अझै नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको ...