प्रधानसेनापति शर्मालाई भेट्न पुगे अमेरिकी राजदूत बेरी

काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बिहीबार प्रधान सेनापति प्रभुराम शर्मालाई भेटेका छन्। सैनिक जङ्गी अड्डा पुगेर ब्यारीले शर्मासँग भेटघाट गरेका हुन्। भेटका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। बिहीबार नै प्रधानसेनापती शर्मा र नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीबीच पनि भेटवार्ता […]

सम्बन्धित सामग्री

अमेरिकी राजदूत बेरी र प्रधानसेनापति थापाबीच भेटवार्ता

काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले कूटनीतिक सक्रियता तीव्र तुल्याएका छन् । प्रधानमन्त्री, मन्त्रीदेखि राजनीतिक दलका नेतासँग उनले पछिल्लो साता भेट गरेका छन् । बेरीले आज प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन् । जंगी अड्डामा शिष्टाचार भेट भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भेटमा द्धिपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको […]

नेपाली सेनाद्वारा अमेरिकी र चिनियाँ राजदूतलाई सम्मान

काठमाडौं । नेपाली सेनाले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र अमेरिकी राजदूत रेन्डी बेरीलाई सम्मान गरेको छ । शिवरात्रि पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित सेनाको विशेष कार्यक्रममा राजदूतद्वयलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपालका लागि अमेरिकी राजदूत बेरी र चिनियाँ राजदूत यान्छीलाई कदरपत्र र आफ्नो कार्यकाल पुरा गरि स्वदेश फिर्ता हुन लागेका अमेरिकी राजदूतावासका सैनिक सहचारी माट शोभालाई प्रधान सेनापति प्रशंसा निशानद्वारा सम्मान गर्नुभएको थियो । सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नुभएको थियो भने सेनाले राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो। सो अवसरमा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्री तथा सेना दिवस (२०७७’अंकित व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिए पश्चात षट्कोण फर्मेशन तथा नेपालको राष्ट्रिय झण्डाको आकृति समेत निर्माण गरी राइफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो । हेलिकप्टर मार्फत उद्धार सम्बन्धी विशेष कलाको प्रदर्शन, मार्च पाष्ट, खुकुरी नृत्य, आइकिडो, कराँते खेल, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्‍न हात÷हतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन, विशेष फौज बाहिनीबाट फ्रि–फल जम्प लगायत विभिन्न प्रदेशका संस्कृती झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो । समारोहमा राष्ट्रपति भण्डारीबाट ‘नेपाल एकीकरणको ईतिहास (१८०१–१८७२) ‘नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय’ र ‘सिपाही वार्षिक–२०७७’ को विमोचन गर्नुको साथै फ्रि–फल जम्पमा प्रथम र द्वितिय हुने सैनिकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा प्रधानसेनापति प्रशंसा निशान तथा प्रधानसेनापति प्रशंसा पत्र प्राप्त गर्नेहरुमा बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द १७ जना, अधिकृत २११ जना, पदिक १९५ जना र अन्यदर्जा ७७८ जना, ड्रिल प्रतियोगितामा प्रथम भएका पृतनाका सकलदर्जा ५६ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ८ जना र गैर सैनिक ८२ जना गरि जम्मा १३४७ जना रहेका थिए । साथै सोही समारोहमा प्रधानसेनापति थापाले सैनिक आवासीय महाविद्यालयको कफि टेबल बुक ‘यात्रांकन पुस्तकको विमोचन गर्नुका साथै मानार्थ उप सेनानी पदमा पदोन्नती भएका ५४ जना पदिकहरु मध्ये उपत्यका भित्र कार्यरत ...