ग्रेट हिमालयन ट्रेल अर्थात् पाकिस्तान, भारत, नेपाल, भुटान र चीनको तिब्बत जोड्ने हिमाली बाटो । हाइ अल्टिट्युडको यात्रा पछ्याउनेहरूका लागि यो साहसिक पदमार्ग मात्र हो । यो कुनै सडक वा गोरेटो रहेको सजिलो रुट होइन । नेपालमा पूर्वदेखि पश्चिमसम्मका उच्च हिमाली शृंखलाहरू समेटिएको ‘ग्रेट हिमालय ट्रेल’ साइकलमा छिचोल्न निस्किएका छन् मंगलकृष्ण लामा ।