माउन्टेन बाइक रेसर मंगलकृष्ण लामाले नेपालको पूर्वदेखि पश्चिमसम्मका उच्च हिमाली शृंखलाहरू समेटिएको ‘ग्रेट हिमालय ट्रेल’ यात्रा साइकलमा पूरा गरेका छन् । हिमाली पदमार्गमा साइकल लिएर एक्लै निस्किएका उनले गत असार ३२ को राति ८ बजेर १२ मिनेटमा हुम्लाको हिल्सामा पुगेर आफ्नो यात्रा पूरा गरेका हुन् ।