अब हिमाल पहाडको पनि लेखा परीक्षण गर्ने बेला आयो, गलत लेखा परीक्षणले गरिबी अन्त्य भएन : अर्थमन्त्री

बैशाख २०, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नु पर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा शुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नु पर्ने आवश्यकता भएको बताएका हुन् ।  उनले मुलुकको विभिन्न क्षेत्रमा लेखा परीक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नु पर्ने बताए । मुलुक भित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नु पर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परिक्षकहरुलाई परीक्षण गर्न आग्रह गरे ।  उनले यस्तो कुराहरुको लेखा परीक्षण नगरि राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने पनि बताए । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परीक्षण गर्न जरुरी रहेको बताए । अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परीक्षण गर्नु पर्ने बेला भएको बताए । उनले विगतमा लेखा परीक्षण गर्दा प्लस राख्ने ठाउँमा शुन्य राखिएकाले गरिबी अन्त्य नभएको बताए । अब मुलुकको गरिबीको लेखा परीक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो ।  उनले कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखा परीक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताए । मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखा परीक्षण गर्नु पर्ने शर्माले बताए । लेखा परिक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गर्ने चिन्ह प्रयोग गरियो भने ठूलो समस्या हुने शर्माले बताए । उनले विगतमा लेखा परीक्षणमा कहाँ–कहाँ त्रुटी भएको छ ? त्यसको खोजी भईरहेको पनि बताए ।

सम्बन्धित सामग्री

महालेखाले अर्थमन्त्रीलाई बुझायो एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन

काठमाडौं - महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका ह...

महालेखाले अर्थमन्त्रीलाई बुझायो एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन

काठमाडौं - महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका ह...

लेखा परीक्षण तीन महिनाभित्र सक्न अर्थमन्त्रीकाे निर्देशन

अर्थ मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट सुरु भई २०८० साल  वैशाख १६सम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन्।

सही समयमा लेखा परीक्षण नहुँदा राज्यमा बेरुजु थुप्रिँदै गयाे : अर्थमन्त्री शर्मा

काठमाडाैँ- अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ-नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरूले गर्नुपर्ने बताएका छन्। शुक्रबार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्ताे बताएका हुन्। उनले अडिटरहरू नै डिजिटल कारोबारको विज्ञ भएको पनि बताए। मन्त्री शर्माले नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सी लगायत अन्य धेरै कारोबार […]

लेखापरीक्षण मर्यादित र व्यावसायिक बनाउन आग्रह

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यवसायीक लेखापरीक्षण हुनुपर्ने बताएक छन् ।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखा परीक्षक बिमुख हुन नहुने बताए ।कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथी भए […]

राष्ट्रिय सम्पत्तिको मूल्यांकनमा जोड

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सम्पत्तिको मूल्यांकन गर्नुपर्ने कुरामा जोड दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अर्थतन्त्र सुधारका लागि सरकारी सम्पत्तिको लेखा परीक्षण हुनुपर्ने बताएका हुन् ।“अहिले राष्ट्रिय सम्पत्तिको अडिट गर्नुपर्ने बेला भएको छ,” उनले भने, “हाम्रो हिमाल, पहाड र तराईको […]

लेखा परीक्षण गर्दा भाग गर्नुपर्ने ठाउँमा गुणा गरियो कि, खोज्दैछु : अर्थमन्त्री

'हिजो पनि लेखा परीक्षणमा त्रुटि भएको छ कि भनेर खोज्दै छु । लेखा परीक्षण गर्दा भाग गर्ने चिह्न प्रयोग गर्नुपर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या हुन्छ,' शर्माले भने

राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण आवश्यक : अर्थमन्त्री शर्मा

काठमाण्डाै - अर्थमन्त्री जनार्दन शर्माले देशकाे राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताउनु भएको छ ।  आज काठमाण्डौमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि देशको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताउनु भएको हो । देश भित्रका हिमाल, तराई, पहाड, नदीहरु, झरनाहरु, श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नुपर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परीक्षकहरुलाई पर...