काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भोलिदेखि हुने तीन दिने भारत भ्रमणका बारेमा छलफल भएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज साँझ बसेको बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको छ।बैठकमा अध्यक्ष दाहालले आफ्नो भारत भ्रमणको तयारीका बारेमा ब्रिफिङ गराएका थिए। बैठकले उनको भ्रमण सफलताको कामना गरेको छ।करिब दुई महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत