देशभर कोरोना संक्रमण बढ्दै गएपछि सरकार सचेत बन्दै कडाइ गर्ने रणनीतिमा जुटेको छ । जसअनुसार आइतबार बसेको सीसीएमसीसीको बैठकले विभिन्न १३ वटा सिफारिस गरेको छ । सीसीएमसीसीले यसअघिको स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिलाई ब्युँताएर त्यसलाई कडाइका साथ लागू गर्न सिफारिस गरेको छ । यसैगरी विद्यालय माघ १५ सम्म बन्द गर्ने, सार्वजनिक स्थानमा जाँदा खोप कार्ड देखाउनुपर्ने, सार्वजनिक सेवा लिन पनि खोप कार्ड चाहिने, सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाइने, राजनीतिक सभा सम्मेलनदेखि मेला महोत्सव गर्न नपाइने जस्ता विषयमा सम्बन्धित निकाय...