फोहोर ल्याण्डफिल साइटमा पठाउन नसकेपछि महानगरले टेकुमा थाल्यो अस्थायी व्यवस्थापन

काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । बर्खाले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन । अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य इञ्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्स

सम्बन्धित सामग्री

फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)

स्थानीयदेखि केन्द्र सरकारलाई समेत टाउको दुखाइको विषय बनेको उपत्यकाको फोहोर व्यवस्थापनमा एमाले नेता शेरबहादुर तामाङले एउटा सूत्र अघि सारेका छन् । उनको सूत्र छ, ‘नो ल्याण्डफिल साइट’, अर्थात् ल्याण्डफिल साइटविनै फोहोर व्यवस्थापन गर्न सकिनेछ । फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट अल्पकालीन हुने भएकाले दीर्घकालीन योजना बनाउनुपर्नेमा तामाङको जोड छ । तर त्यसका लागि केही अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने तामाङको भनाइ छ । तर, कसरी सम्भव छ त ?यस्ता छन् तामाङका १० सूत्रः १. घरघरमा जम्म

उपत्यकाको फोहोर ल्याण्डफिल साइट पुर्याउन समन्वय  गर्दै छौँ : मेयर साह

काठमाडौं :  काठमाडौं महानगरका प्रमुख बालेन साहले उपत्यकाको फोहोर ल्याण्डफिल साइट पुग्ने सडक निर्माणका लागि सडक विभागसँग समन्वय भइरहेको बताएका छन्। सोमबार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिसँगको भेटमा उनले  सो कुरा बताएका हुन्।भेटका क्रममा प्रतिनिधिहरूले बर्खामा हुने सडक समस्याको कुरा उठाएपछि प्रमुख साहले निर्माण हुन बाँकी रहेको सडक खण्ड चाँडै बनाइसक्न आफूले समन्वय गरिरहेको बताए। काठमाडौंका सडकमा भएको सबै फोहोर उठाउन तपाईं

बन्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा बालेनको बेवास्ता

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा सेल मध्य सेल वानमा फोहोर विसर्जन गर्ने कार्य सुरु भइसकेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण विभागले ल्याण्डफिल साइट निर्माण गरेको हो । विभागले सेल वानलाई फोहोर विसर्जन मिल्ने […]

तानसेनमा फोहोर व्यवस्थापन चुनौती, ल्याण्डफिल साइट प्रयोगविहीन

पाल्पाको तानसेनमा फोहोर व्यवस्थापन चुनौती बनेको छ। फोहर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन। तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयवासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन।

फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका ट्रक फिर्ता

काठमाडौं : फोहोर लिएर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका ट्रक स्थानीयको अवरोधपछि फोहोर नै नखसाली फर्किएका छन्। प्रहरीको उच्च सुरक्षाबीच लगिएका फोहोर बोकेका गाडी स्थानीयवासीले अवरोध गरेपछि फिर्ता ल्याइएको हो।काठमाडौं उपत्यकाको फोहोर विसर्जन केन्द्र बञ्चरेडाँडामा आज दिउँसो स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ। दिउँसो केहीबेर तनावग्रस्त भएको सो क्षेत्रमा फोहोर विसर्जन गर्न असफल भएको प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार २ ट्रक फोहोर खसालेपछि स्थान

बल प्रयोग गरेर फोहोर फालियो, भोलि के हुन्छ थाहा छैन !

२३ जेठ, काठमाडौं । स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि प्रहरी परिचालन गरेर काठमाडौंबाट फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खसालिएको छ । यसअघि नै संकलन गरेर १५७ वटा गाडीमा लोड भइराखेको फोहोर मंगलबार दिउँसो ल्याण्डफिल साइटमा खसालिएको हो । सोमबार शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग वञ्चरेडाँडाबासीका तर्फबाट नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका जनप्रतिनिधिले सहमति […]

काठमाडौंको फोहोर बन्चरेडाँडा ल्याण्डफिल साइटमा खसाइयो

काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटनमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारबाट उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो ।नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम सुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर […]

काठमाडौंको फोहोर पहिलोपटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा

काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गर्न सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्न सुरु गरिएको हो ।नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमाना स्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम शुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारबाट उठ्न थालेको छ ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठ

पोखराको पस्मराङमा तोकियो नयाँ ल्याण्डफिल साइट

८ कात्तिक, पोखरा । पोखरा महानगरपालिका कार्यपालिका बैठकले वडा नम्बर १६ र २० को सीमाना पस्मराङमा नयाँ ल्याण्डफिल साइट बनाउने भएको छ । हाल फोहोर व्यवस्थापन गर्दै आएको वडा नम्बर १४ को ल्याण्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नजिक पर्ने भएपछि महानगरले ल्याण्डफिल साइट सारेको हो । महानगरपालिकाले ल्याण्डफिल साइट खोजीका लागि वडा नम्बर १६ का […]

दिर्घकालीन ल्याण्डफिल साइट नहुँदा फोहोर व्यवस्थापनमा समस्या : प्रमुख शाक्य

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दीर्घकालीन ल्याण्डफिल साइट निर्माण सम्पन्न नहुँदा फोहोर व्यवस्थापनमा समस्या आएको बताएका छन्। केही समयदेखि फोहोर काठमाडौं उपत्यकामा थुप्रिँदै गएपछि उनले यस्तो बताएका हुन।उनका अनुसार अहिले ओखरपौवा ल्याण्डफिल साइटमा कहिले ५० वटा त कहिले ६० वटा फोहोर बोक्ने सवारी साधन पुग्ने गरेका छन्। सामान्य अवस्थामा फोहोर बोकेका एक सय ५० वटासम्म सवारी दैनिक साइटमा पुग्ने गरेका थिए।  उनले भने,‘फोहोर व्यवस्थापनको असहजताका लागि धेरै कारण छन्,ब