हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर कात्तिक १ गतेदेखि लागू हुने गरी समायोजन गरेको छ। प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशव पाण्डेले सरकारले प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको जानकारी दिएका हुन्।उनका अनुसार काठमाडौँ उपत्यकाभित्र चल्ने सवारीसाधनको भाडा किलोमिटरको आधारमा र उपत्यकाबाहिरका १० जिल्लामा २३ प्रतिशतको दरले भाडा समायोजन भएको छ।मन्त्री पाण्डेले उपत्यकामा पहिले ८ प्रकारमा वर्गीकरण गरेर भाडा समायोजन गर्ने गरिएकोमा