सत्ता गठबन्धन बैठक : दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी
सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, संसद सञ्चालन र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । नेताहरुबीच दुई चरण गरेर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति समेत भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद्लाई आजभोलिमै पूर्णता दिने तयारी गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)का एक नेताका अनुसार मन्त्रिपरिषद् विस्तार धेरै ढिला भएको भन्दै अब प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । अध्यादेश संसद्बाट...