काठमाडौं : आज विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। १७ डिसेम्बर १९९६ मा संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउने गरिएको हो। सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ। टेलिभिजन इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण शुरु गरेको पाइन्छ। सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगिन दृश्यहरु हेर्न सकिने अ