काठमाडौं : आज विश्व दूरसञ्चार र विश्व उच्च रक्तचाप दिवस। नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरेर मनाइँदै छ। दूरसञ्चारका भएका उपलब्धि र आवश्यक्तालाई परिपूर्ति गर्ने बारेमा जानकारीमुलक कार्यक्रम आयोजना गरेर ५३ औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ। सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो। सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो। सन् १९५० मा