सरकारको आर्थिक वर्ष २०७६-७७ प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश

प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ५३ एवम् सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६-७७ पेश भएको छ । सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द बहादुर कार्कीले शुक्रबार संसद बैठकमा सो प्रतिवेदन पेश गर्नुभएको हो । बैठकको विशेष र शुन्य समयमा सांसदहरुले आ–आफ्ना धारणाहरु राख्नुभएको छ । नेकपा ९एमाले० का सांसद डा। भिमबहादुर रावलले असमान सन्धी सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । सार्वभौम समानताकाआधारमा सन्धी पुनरवलोकन हुनुपर्ने उहाँले धारणा राख्नुभयो । त्यस्तै, पञ्चशिलको सिद्धान्तको आधारमा स्वतन्त्र परराष्ट्र नीति कार्यान्वयन हुने राज्यको निर्देशक सिद्धान्तको आधारमा हुने व्यवस्था छ । तर सरकार परिवर्तन हुँदा जनता र देशको स्वाभिमान ओझेलमा पर्नेगरेको उहाँले टिप्पणी गर्नुभयो ।

सम्बन्धित सामग्री

हिमाली जिल्लाको आर्थिक वर्ष कात्तिक र मंसिरमा शुरु गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाको आर्थिक वर्ष कात्तिक र मंसिरबाट शुरु गर्न माग गरेका छन्।बिहीवारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा भाग लिँदै उनले यस्तो माग गरेका हुन्। उनले असारमा आर्थिक वर्ष राख्दा विकास निर्माणका नाममा पठाइएको बजेट खर्च नहुने भएकाले कात्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष बन्नुपर्ने बताए। उनले कात्तिक र मंसिर हिमाली जिल्लाको आर्थिक वर्ष भएमात्रै बजेट खर्च गर्

बजेटमा सांसदलाई खुसी बनाउन सकिएको छैन : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताइका छन्।  सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताएका...

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन्। आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो। उनीमाथि छानबिन गर्न आजै ११ सदस्यीय छानबिन समितिसमेत गठन भएको थियो। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा […]

बजेटमाथि सैद्धान्तिक छलफल शुरू हुँदै, एमालेले संसदबाटै ‘भण्डाफोर’ गर्ने

काठमाडौं : संघीय संसदका दुवै संसदमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल हुन लागेको हो। बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित क

आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री शर्मा (लाइभ)

काठमाडौं  : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेस  गरेका छन्। रातो ब्रिफकेस बोकेर संघीय संसद भवन पुगेका शर्माले प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषदबाट पारित भएको बजेट वाचन गरिरहेका छन्। यो पटक बजेटबाट सरकारी तलबसुविधा लिने कर्मचारीको तलब, आयकरको सीमा हेरफेरको तयारी गरिएको छ। बजेट वक्तव्य वाचन गर्न मन्त्री…

मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको आयव्यय स्वीकृत गरेको हो । योसँगै अब संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आज अपराह्न ४ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने

संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक प्रतिनिधिसभाको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बजेटमा कृषि र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने अर्थमन्त्रीको संकेत

३ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्र केन्द्रित कार्यक्रम ल्याउने संकेत गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिगत तथा सतह सिँचाइ सुविधा विस्तार गर्ने, सहकारीमार्फत चक्लाबन्दी खेती विस्तार गर्नेलगायतका योजना सुनाएका छन् । किसानलाई सिँचाइ प्रयोजनमा विद्युत महसुल छुट दिने सरकारको […]

प्रतिनिधिसभा बैठकमा निजामती सेवा विधेयक पेश हुँदै

काठमाडौं : आजको प्रतिनिधिसभाको बैठकमा निजामति सेवा विधेयक पेश हुने भएको छ। लामो समयदेखि विवादास्पद निजामती सेवा विधेयक संसदमा पेश हुन लागेका हो।राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश गर्ने संसद् सचिवालयले जनाएको छ।यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेश हुनेछ। यस्तै, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक ले