काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतकै १५ जना न्यायाधीश इजलास छोडेर आन्दोलनमा लागेपछि सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई सर्वोच्च प्रशासनको आदेश भन्दै सुरक्षाकर्मीले गेटमै रोकेका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्षसमेत रहेका पत्रकार दुर्गा दुलालका अनुसार प्रहरीले अधिकांश पत्रकारलाई प्रवेशमा रोक लगाएको छ […]