संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको टिप्पणी गर्नुभएको छ । उहाँले विना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्नेमा जोड दिनुभएको छ ।
हमास लडाकु समूहले अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमण गरेको थियो । लगत्तै इजरायलले गाजा क्षेत्रमा आफ्नो जल, थल र वायु सेनाबाट निरन्तर आक्रमण गरिरहेको छ ।
इजरायलको जवाफी आक्रमणका कारण हजारौं प्यालेस्टाइन नागरिकको ज्यान जानुका साथै लाखौँ घरबारविहीन भएका छन् । तर इजरायली अधिकारीले महासचिव गुटेरेसको सम्बोधनप्रति आपत्ति जना...