काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि सरकारले बसालेको जग अब देखिने गरी थप उचाइमा पुग्ने बताएका छन् । अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने अभियान सार्थक बिन्दुको नजिक पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । ‘आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ । हाम्रो स्वाधीनताको हामी अझ बढी व्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छ