अमेरिकासँगको एमसीसी सम्झौता अनुमोदन भएपछि लामोसमयदेखि विवादमा रहेको घरेलु मुद्दाले हालै निकास पाएको छ । तर यो प्रकरणमा प्रकट भएको नेपालको कूटनीतिक कौशलमा भने अनेक प्रश्न यथावत् छ । राजनीतिक दलहरुले आफू सत्तामा हुँदा र नहुँदा प्रकट गरेका भूमिकाले विदेश मामिलामा उनीहरुको अपरिपक्वता उदांगिएको छ ।