निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा ‘क्लिन चिट’ पाएका छन् । संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर गरेको अनुसन्धान गर्दा शर्माविरुद्ध लगाइएको आरोप पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको हो ।प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको बताए । छानबिनका क्रममा समितिले ७५ घण्टा ख