दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक श्रेष्ठका अनुसार घोराही–२ रामपुरका ४५ वर्षीय टोपबहादुर वलीको मृत्यु भएको हो । घाइते दुवैको घोरहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार […]
भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण १८ निर्जीवन बीमा कम्पनीमा २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज २८ गतेसम्मको तथ्यांकअनुसार बाढीबाट भएको क्षतिबापत २ हजार ४२७ जना बीमितले उक्त रकम बराबरको दाबी गरेका हुन् । प्राधिकरणका अनुसार कुल प्रारम्भिक दाबीमध्ये हालसम्म २३ करोड ५२ लाख […]
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतसहित सभापतिमा निर्वाचित भएका छन्। सभापति पदको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए।
सभापतिमा तीनजनाको उम्मेदवारी परेपनि …
अमेरिकी युएससीआइएसले गरेको अनुसन्धानका आधारमा नागरिकता प्राप्त गर्दा झूटा विवरण दिएको ठहर गर्दै एक सङ्घीय अदालतले ७२ वर्षीया लाइबेरियाली नागरिक सिजिल डोमाक्विक क्लेमेन्सलाई सजाय सुनाएको छ। गत सेप्टेम्बर १७ मा भएको आदेशअनुसार सङ्घीय न्यायाधीशले क्लेमेन्सलाई हालसम्म हिरासतमा बिताएको समयलाई नै कैद सजायका रूपमा तोकेका छन्। यसका साथै, अदालतले उनको अङ्गीकृत अमेरिकी नागरिकता रद्द गर्दै उनलाई […]
२९ असोज, काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को लागेको छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किने यात्रुको चहलपहल बढे हो छ ।
बालबालिका र झिटिगुन्टासहित घर फर्किनेहरूमा दशैंको उल्लास देखिए …
चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जा १५.२७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा शेयर धितोमा १ खर्ब ६७ अर्ब ८५ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४५ […]