काठमाडौँ – पार्टी गठन भएको ११ महिनापछि चीनले एकीकृत समाजवादीलाई फरक दलका रुपमा स्वीकार गरेको छ। गत वर्ष भदौ ९ गते एमालेबाट विभाजित भएर बनेको समाजवादीलाई अहिलेसम्म चीनले फरक दलका रुपमा स्वीकार गरेको थिएन। मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता […]