कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा सडक दुर्घटनामा परी तीन सय ९२ जनाकोे ज्यान गएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी वार्षिक प्रतिवेदनले कर्णालीमा बर्सेनि सडक दुर्घटना बढ्दै गएको देखाएको हो ।
कर्णाली प्रदेशमा चालु आर्थिक बर्षको ११ महिनामा विभिन्न विपद्का घटनामा परी ३०५ जनाले ज्यान गुमाउनुपरेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा ६८ जनाले ज्यान गुमाएका छन् । सुर्खेत प्रदेशको राजधानी बनेसँगै दैनिकजसो दुर्घटनाका घटनाहरु बढिरहेका छन् । कमजोर सडक सुरक्षा र अव्यवस्थित रुपमा सवारी–साधनहरुको आवत–जावतले दुर्घटनाका घटनाहरु बढिरहेका हुन् । जसका कारण दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ । सुर्खेतपछि सबैभन्दा बढी सल्यानमा ६२, मुगुमा ३९, दैलेखमा २२, जाजरकोटमा ३०
सिमकोट- ट्राफिक प्रहरीले कर्णाली प्रदेशमा प्रतिघण्टा ३० किलोमिटरलाई माया अभियानको रूपमा जनचेतना फैलाउने कार्य सुरु गरेको छ। गाडी चालकलाई तीव्र गतिमा सवारी साधन नचलाउन आग्रह गर्दै सो अभियानमार्फत् जनचेतना फैलाउन थालिएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले बताएका छन्। हुम्लामा सरोकारवाला निकायसँग सडक सुरक्षा र ट्राफिक व्यवस्थापनसम्वन्धि कार्यक्रममा उनले यस्ताे बताएका हुन्। चालकले प्रतिघण्टा […]
धर्मराज जि.सी.-
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारका फुटपाथ खाली गर्न नगरपालिकालाई निर्देशन दिएका छन्। प्रदेशको राजधानी सुर्खेतमा समृद्धिका लागि सुरक्षा अभियानअन्तर्गत सडक सुरक्षा कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री शाहीले सुरक्षाका लागि फुटपाथ...