दुई सय विपन्नलाई सुधारिएको चुलो

काठमाडौँ,१२ साउन । झापाको गौरीगञ्ज गाउँपालिकाले पालिकाभित्रका करिब दुई सय विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ । लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक वर्गका समुदायलाई लक्षित गरी गाउँपालिकाभित्रका करिब दुई सय घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताइन् । उनका अनुसार गौरीगञ्ज गाउँपालिकाको वैकल्पिक ऊर्जा विभागको सहजीकरण र झापाली समाजको सहयोगमा वडा १ […]

सम्बन्धित सामग्री

अनुदानको चुलो ९ महिनादेखि बेवारिसे

हुम्ला – हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएको सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे हुँदै आएको छ । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै तीन सय ५७ थान सुधारिएको चुलोमध्ये एक सय १७ थान नौ महिनादेखि बेवारिसेरूपमा राखिएको हो ।  गएको वैशाखमा सल्लिसल्लाबाट खच्चरमा ढुवानी गरी नल्ला पुल नजिकै ल्याएर अहिलेसम्म बेवारिसे छोडिएको सिमकोट गाउँपालिकाकी सदस्य जसमती शाहीले जानकारी दिनुभयो ।  दुई सय सय ४० थान चुलो ट्र्याक्टरबाट सदरमुकाम सिमकोटमा लग...

गाउँघरमा फेरिँदै चुलो : १४ लाख घरधुरीमा सुधारिएको माटोको चुलो

काठमाण्डौ – नेपालका ३४ लाख बढी घरधुरीमा वैकल्पिक उर्जाको पहुँच पुगेको छ । झण्डै ६० लाख घरधुरी रहेको नेपालमा वैकल्पिक उर्जाको पहुँच ३४ लाख ३ हजार ४ सय ४५ घरधुरीमा पुगेको तथ्याङ्कले देखाएको छ ।  वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका अनुसार लघु तथा साना जलविद्युत, सुधारिएको चुलो, सौर्य प्रणाली, बायोग्याँस जस्ता ...