काठमाडौं : जापानले नेपाललाई कोरोना विरुद्धको १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ ।
कोभ्याक्स सुविधामार्फत जापानले सो परिमाणमा खोप दिन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ।
नेपालमा आउन लागेको अक्सफोर्डको एस्ट्राजेनेका खोप जापानमै उत्पादित रहेको बताइएको छ। अक्सफोर्डको एस्ट्राजेनेका फर्मुलामा उत्पादन गरिएको यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो।
यो खोप आएपछि पहिलो डोज कोभिसिल्ड लगाएर दोस्रो डोज लगाउन नपाएका करिब १० लाख ६५ वर्ष माथिका ज्येष्ठ नागरिकसहित १३ ...